२७ जेष्ठ २०८३, बुधबार
,
Latest
अर्थमन्त्री वाग्लेलाई राप्रपा सांसद शाहीको प्रश्नः संसदीय छानबिन समिति गठन गर्न किन हिचकिचाहट ? सरकारी वेबसाइटहरू अब पहुँचमैत्री, सबै नागरिकका लागि डिजिटल सेवा सहज बनाइयो सुरक्षा कारण देखाउँदै अमेरिकाले केही विदेशी फुटबल अधिकारीलाई भिसा नदिएपछि विश्वकप तयारीमा थपियो विवाद दरबार हत्याकाण्ड पुनःछानबिन गर्ने निर्णयप्रति राजा वीरेन्द्र शान्ति प्रतिष्ठानको स्वागत राज्य व्यवस्था तथा सुशासन समितिको बैठक जेठ २८ गते बस्ने, कार्यान्वयन प्रगति र उपसमिति गठन… संयुक्त राष्ट्रको चेतावनी: सुडान–चाड द्वन्द्वले मध्य अफ्रिकामा सुरक्षा र मानवीय संकट गहिरिँदै महावीर पुन नेतृत्वमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले गर्‍याे काम सुरु, ओएनएम तयारीमा पोखराका सुकुमवासी र न्यून आय परिवारका लागि निःशुल्क म्यादी जीवन बिमा सुरु स्याङ्जाका रोमकान्त रेग्मीको मौरी व्यवसाय, वार्षिक रु ८ लाख आम्दानी सगरमाथाको भविष्यप्रति आरोहीको बढ्दो चिन्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

हाम्रो पार्टीलाई जनमतको कमी छैनः अध्यक्ष नेपाल



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीलाई जनताको मतको कमी नरहेको बताउनुभएको छ ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले नेकपा (एकीकृत समाजवादी)लाई जनमतको कमी नरहेको बताउनुभएको हो ।

उहाँले गत (२०७९) निर्वाचनमा आदिवासी जनजातिलाई आफ्नो पार्टीसँग जोड्न सकेको भए राष्ट्रिय पार्टी बन्ने दाबी गर्नुभयो । उहाँले आफ्नो पार्टीलाई लाखौँको संख्यामा सहकारी संगठनमा आवद्ध व्यक्ति, एनजिओ, आइएनजिओमा संलग्न व्यक्तिहरुको साथ रहेको दाबी गर्नुभयो ।

अहिले पनि आफू देश दौडाहामा जाँदा हिमाल, पहाड र तराईका कुनैपनि ठाउँमा पार्टीलाई साथ दिने जनताको कमी महशुस नगरेको बताउनु भयो । पार्टीका कार्यक्रमहरुमा हरेक ठाउँमा हजारौँको संख्यामा जुलुस देखिएको बताउनु भयो । अब नेकपा ९एकीकृत समाजवादी० लाई अरु भन्दा ठूलो र शक्तिशाली बनाउने बताउनु भयो । त्यसका लागि आफूले पाएको जिम्मेवारीमा जुट्न निर्देशन दिनुभयो ।

अध्यक्ष नेपालले भन्नुभयो, ‘त्यतिखेर मात्रै आदिवासी जनजातिको मात्रै भोट,अझै म भन्छुः हाम्रा साथीहरु लाखौँको संख्यामा सहकारी संगठनमा आवद्ध छन् । एनजिओ, आइएनजिओमा संलग्न छन् । तिनीहरुको लाखौँ भोट यो पार्टीमा ल्याउनको लागि भनेर लागेको भए राष्ट्रिय पार्टी बन्न कुनै गाह्रो थिएन । सजिलै गरी अरुलाई हामीले उछिन्ने थियौँ ।

हामीसँग जनताको मतको कमी छैन । अस्ति भर्खरै पनि म कर्णाली प्रदेश पुगेर आएँ । कालीकोट पुगेर आएँ । रासकोटमा पुगेर आएँ । हुम्ला जाने त्यत्रो विकट ठाउँमा भएको अधिवशेनमा मैले मान्छेको हजारौँको जुलुस कार्यक्रममा सहभागिता देखेँ । रौतहट, सप्तरी जिल्लाको कार्यक्रममा पनि हजारौँ, हजार मानिसको सहभागिता देखेको थिएँ । अनि मैले भनेँः तराई होस्, पहाड होस्, हिमाल होस् हाम्रो पार्टी सबै ठाउँमा अगाडि बढिरहेको छ । यो पार्टीलाई अझै अगाडि बढाएर जाने हो । अरु पार्टी भन्दा शक्तिशाली बनाउने, त्यो तपाईं हामीमाथि भर पर्छ । त्यसैले यो पार्टीलाीई बलियो बनाउने काममा जुट्नुस्, यो पार्टीलाई गतिशिल बनाउने काममा लाग्नुस् । जसले जे जिम्मा पाउनुभएको त्यसको जिम्मेवारी निभाउनुस् ।’

अध्यक्ष नेपालले गणतन्त्रका पक्षधरहरु फेरि पनि मिल्न जरुरी रहेको बताउनु भयो । उहाँले कम्युनिष्ट पार्टीको क्रान्तिकारी धार हराउन नदिन नयाँ पार्टी गठन गरेको जिकिर गर्नुभयो । आफ्नो पार्टी चुप लागेर बस्ने नभइ गतिशिलता, क्रियाशिलतामा विश्वास गर्ने पार्टी भएको बताउनु भयो ।




भर्खरै