९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

नेपालले अवलम्वन गर्ने आन्तरिक र वाह्य नीति प्रष्ट र सही छः प्रधानमन्त्री ओली

नेपालले अवलम्वन गर्ने आन्तरिक र वाह्य नीति प्रष्ट र सही छः प्रधानमन्त्री ओली
अ अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको मूल्य र मान्यतालाई केन्द्रिकृत गरी अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालन गर्ने नेपालको नीति भएको बताउनुभएको छ ।

शनिवार नेकपा एमालेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालले अवलम्वन गर्ने आन्तरिक र वाह्य नीतिहरु प्रष्ट र सही भएको बताउनु भयो । उहाँले नेपालले कसैको पक्षमा नलागी असंलग्नको नीति अवलम्वन गर्दै आएको बताउनु भयो । नेपालले शान्तिको पक्षमा विश्वमाँझ वकालत गर्ने बताउनु भयो । देशको सम्मान र हितलाई ध्यान दिएर छिमेकी तथा अन्तर्राष्ट्रिय सम्बन्ध अगाडि बढाउने उहाँको भनाइ छ । उहाँले देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रहित सबैभन्दा माथि रहेको बताउनु भयो । उहाँले नेपालले अन्तर्राष्ट्रिय सम्बन्ध पारस्परिक लाभ र सम्मानका आधारमा हुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘जनतामा रहेको सार्वभौमसत्ता स्वाधिनता शक्तिका स्रोत नै जनता हुन् भन्ने मान्यता त्यसलाई सर्वोपरि राखेर देशको सार्वभौमसत्ता स्वाधिनता स्वतन्त्रता भौगोलिक अखण्डता र राष्ट्रिय हितहरुलाई तलमाथि पर्न नदिइ र त्यसो गर्दा न्याय र अन्तर्राष्ट्रिय उत्तरदायित्व जस्ता कुराहरु यी कुराहरुलाई नबिर्सीकन मानवतावादी बसुधैव कुटुम्बकम् भन्ने भावनालाई ध्यानमा राखेर मानवतावादी दृष्टिकोणका साथ अगाडि बढ्छौँ । हामी देशभित्र शान्तिको पक्षमा छौँ, बाह्य पनि शान्तिको पक्षमा छौँ । र मानवजातीले हासिल गरेका उपलब्धीहरुको न्यायोचित वितरण र वञ्चितहरुको पहुँच वृद्धि हुुनुपर्छ भनेर हामी ठान्छौँ ।

यी कुरा हाम्रा फण्डामेन्टल कुराहरु हुन् । हामीसुमधुर छिमेक सम्बन्ध, फलदायी सम्मानजनक र लाभदायी अन्तर्राष्ट्रिय सम्बन्ध । पारस्परिक लाभ र सम्मानमा आधारित सम्बन्ध । राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर सम्बन्ध राखेर अगाडि बढ्छौँ । हाम्रा आन्तरिक र वाह्य नीतिहरु सबै सुस्पष्ट र सही छन् । हामी संयुक्त राष्ट्र संघलाई अन्तरर्राष्ट्रिय सम्बन्धको हिसाबमा विश्व अर्डरको हिसाबमा, संयुक्त राष्ट्रसंघलाई केन्द्र भावका राखेर संयुक्त राष्ट्रसंघको मानव अधिकारको घोषणा पत्र र समानताका लागि विकासका लागि हामीले समानता शान्ति र विकासका लागि अन्तरर्राष्ट्रिय सम्बन्ध र अनुवन्धहरु गरेका छौँ, त्यसप्रति दृढ रहँदै मुख्यरुपमा संयुक्त राष्ट्र संघका मूल्य,मान्यताहरुलाई सर्वोपरी र केन्द्रभागमा राखेर हामी अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालन गर्छौं । असम्लग्न आन्दोलन आन्दोलनका सिद्धान्तलाई मानेर चल्छौँ सबैसँग मित्रता छैन कसैसँग शत्रुता हाम्रो नीति रही आएको छ ।’

प्रधानमन्त्री ओलीले मानवले हासिल गरेका पछिल्ला उपलब्धीहरुको न्यायोचित वितरण र वञ्चितहरुको पहुँच वृद्धि आधारभुत आवश्यकता भएको बताउनु भयो ।