६ जेष्ठ २०८२, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कानूनको प्रभावकारी कार्यान्वयन नहुँदा ऐनको मुख्य उद्देश्य नै निष्प्रभावी हुने डर छः उपाध्यक्ष घिमिरे



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरेले कानूनको प्रभावकारी कार्यान्वयन नहुँदा ऐनको मुख्य उद्देश्य नै निष्प्रभावी हुन्छ की भन्ने शंका उब्जिएको बताउनुभएको छ ।

शनिवार काठमाडौंमा वागमती प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयले आयोजना गरेको विधायिकी अन्तरसंवाद र कानूनको मापन विषयक छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संविधानले व्यवस्था गरेको शासकीय संरचना, संघीयता र कानूनी पूर्णताका लागि न्युनतम आवश्यकता निर्माण गर्न ढिलासुस्ती भएको स्वीकार गर्नुभयो ।

उहाँले संविधानमा उल्लेखित मर्म, विधायिकाको मनशाय र जनताको आम अपेक्षाको सम्बोधनका लागि संविधान कति कार्यान्वयनमा आयो वा आएन रु भन्नेकुराको समीक्षा अति आवश्यक भइसकेको उल्लेख गर्नुभयो । कतिपय राम्रा व्यवस्था हुँदाहुँदै पनि प्रभावकारी कार्यान्वयन नहुँदा प्रतिफलमुखी हुन नसकेको बताउनु भयो । समयानुकुल अधिकांश कानून ठिक भएपनि कार्यान्वयनको पक्षमा केही समस्या देखिएको बताउनु भयो ।

उपाध्यक्ष घिमिरेले भन्नुभयो, ‘संविधानले व्यवस्था गरेको शासकीय संरचना, संघीयता र कानूनी पूर्णताका लागि न्युनतम आवश्यकता निर्माण गर्न ढिलासुस्ती भएको यथार्थ हो । पहिचान भएका कानून निर्माण र कार्यान्वयनको चरण पहिले नै पूरा गर्नुपर्दछ । संविधानमा उल्लेखित मर्म, विधायिकाको मनशाय र जनताको आम अपेक्षाको सम्बोधनका लागि संविधान कति कार्यान्वयनमा आयो रु आएन रु समीक्षा अति आवश्यक भइसकेको छ । कतिपय राम्रा व्यवस्था हुँदाहुँदै पनि प्रभावकारी कार्यान्वयन नहुँदा प्रतिफलमुखी हुन सकेका छैनन् ।

समयानुकुल अधिकांश कानून ठिक भएपनि कार्यान्वयनको पक्षमा केही समस्या देखिएका छन् । कानूनको प्रभावकारी कार्यान्वयन नहुँदा ऐनको मुख्य उद्देश्य नै निष्प्रभावी हुन्छ की भन्ने शंका उठिरहेका छन् । संविधान कार्यान्वयनका लागि तत्काल बनाउनुपर्ने, बन्न बाँकी कानूनहरु बनिसकेका छैनन् । समयमा समयानुकुल कानून बनाउने र संघीयता कार्यान्वयन गर्ने दृष्टिमा हामीले जति गर्नुपर्ने हो त्यो पूरा हुन सकेको छैन ।’

उपाध्यक्ष घिमिरेले कानून कार्यान्वयको अवस्था अध्ययन गरी आवश्यक सुधार गर्न जरुरी रहेको उल्लेख गर्नुभयो । सरकारले सभामा पेश गर्ने नीति तथा कार्यक्रम, सिद्धान्त, प्राथमिकता, पूर्वबजेट छलफल एवं संसदबाट अनुमोदित बजेटको खर्च समेतका सम्बन्धमा विश्लेषण गर्न संसद सदस्यहरुलाई अनुसन्धानात्मक सेवा पु¥याउन संसदीय बजेट कार्यालय स्थापना गर्न जरुरी रहेको बताउनु भयो ।