५ पुष २०८२, शनिबार
,
Latest
नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका लागि योग्यता र मापदण्ड बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै कामपा साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो… हिंसापीडित बालबालिकाका लागि सुरक्षित आवास गृहको अभाव तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन् यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले संसदीय दलको बैठक : नीति तथा कार्यक्रम सही छ, ढुक्कले समर्थन गर्नुस् – प्रधानमन्त्री



अ+ अ-

काठमाडौँ, २० वैशाख । प्रधानमन्त्री एवं नेकपा (एमाले) संसदीय दलका नेता केपी शर्मा ओलीले संघीय संसद्मा प्रस्तुत नेपाल सरकारको नीति तथा कार्यक्रम स्थिरता, विकास र सुशासनका लागि सही नीतिका साथ आएकाले ढुक्कका साथ दृढतापूर्वक समर्थन गर्न सांसद्हरुलाई आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको नेकपा (एमाले) को संसदीय दलको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशमा स्थिरता र स्थायित्व कायम राख्दै सुशासनको राम्रो प्रबन्ध गरी अर्थतन्त्रलाई तीव्र गतिमा अगाडि बढाउने सरकारले लक्ष्य लिएको स्पष्ट गर्नुभयो । “हाम्रा नीतिहरु सही छन्, यसमा साथीहरु ढुक्कले लागे हुन्छ । संसदीय प्रक्रियामा विपक्षीले विरोधका लागि विरोध पनि गर्ने भएकाले तिनका कुरामा सत्यता छ कि भनेर लाग्नुु पर्दैन । हामीले सही कुराको पक्ष दृढतापूर्वक लिनुपर्छ । हामीले विपक्षमा रहँदा सही कुराको विरोध गरेका थिएनौँ ।’’, पार्टीका अध्यक्ष ओलीले भन्नुभयो, “हाम्रो दलमा वैचारिक एकता रहेको छ । स्पष्टता र दृढता हामीसँग छ, यो स्पष्टता र दृढतालाई संसद्का गतिविधिमा अझ प्रभावकारीरुपमा प्रकट गर्नुहुनेछ भन्ने विश्वास लिएको छु ।’’

प्रधानमन्त्री ओलीले पछाडि परेको तप्कालाई माथि उठाउने गरी सरकारले काम गरिरहेको जनाउँदै समाजप्रति उत्तरदायी, प्रतिपक्षप्रति संवैधानिकरुपमा सहकार्य, शान्ति सुुव्यवस्थाप्रति जिम्मेवर र आम जनताप्रति जवाफदेही भएर नीति तथा कार्यक्रम ल्याएको बताउनुुभयो । समाजमा वञ्चितहरुको पहुँचवृद्धि हुनुुपर्छ भन्नेमा स्पष्टताका साथ सरकार अघि बढेको बताउँदै उहाँले राष्ट्रिय र मानवीय हितलाई केन्द्रमा राखेर छिमेक तथा अन्तर्राष्ट्रिय सम्बन्ध कायम गर्दै आएको स्मरण गर्नुभयो ।

दलको बैठकमा नीति तथा कार्यक्रमबारे उपप्रधानमन्त्री एवं अर्थमन्त्री विश्नुप्रसाद पौडेल, एमालेका उपमहासचिव एवं प्रधानमन्त्री मुख्य सल्लाहकार विष्णुुप्रसाद रिमाल र आर्थिक विकास सल्लाहकार डा युवराज खतिवडाले प्रशिक्षणमूलक विचार व्यक्त गरेपछि सांसदहरुबीच छलफल चल्नेछ ।