५ श्रावण २०८३, मंगलवार
,
Latest
सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालका राजनीतिक दलहरु राज्य दोहनका साधन बनेः अध्यक्ष भट्टराई



अ+ अ-

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालका राजनीतिक दलहरु राज्य दोहनका साधन बनेको बताउनुभएको छ ।

शनिवार काठमाडौंमा गैर आवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले लोकतन्त्रमा दलहरु चहिने तर राजनीतिक दलहरु स्वार्थ समूह बनिरहेको बताउनु भयो । उहाँले लोकतन्त्रमा राजनीतिक दलहरु नै विचारका वाहक हुने बताउनु भयो ।

उहाँले राजनीतिक दलहरुको प्रतिष्पर्धाबाट नै लोकतान्त्रिक वातावरण बन्ने जिकिर गर्नुभयो । उहाँले नेपालका राजनीतिक दलहरु नयाँ रहेको र दलहरु विचार, राजनीति, सिद्धान्त, आदर्शमा भन्दा पनि एउटा स्वार्थ समूह जस्तो भएर जसरी पनि निर्वाचन जितेर सत्तामा पुग्ने खेलमा सिमित रहेको बताउनु भयो । उहाँले राजनीतिक दलहरुले सरकारलाई बिना लगानी सम्पती आर्जन गर्ने माध्यम बनाएको बताउनु भयो । राजनीतिक दलहरु विचार, सिद्धान्त, आदर्श, नैतिकताका वाहक हुन नसकेको उहाँको भनाइ छ । दलीय आवद्धता अब नेपालका निम्ति ठूलो बाधक बनिरहेको जिकिर गर्नुभयो ।

अध्यक्ष भट्टराईले भन्नुभयो, ‘हाम्रा दलहरु चाहिन्छ । लोकतन्त्रमा दलहरु नै विचारका वाहक हुन्छन् । तिनको प्रतिष्पर्धाले नै लोकतान्त्रिक वातावरण बनाउँछ । लोकतान्त्रिक जगमा नै विकास हुन्छ भन्ने सामान्य विकासको नियम पनि हो । तर हाम्रा दलहरु भर्खर भर्खर बनेको हुनाले ति दलहरु विचार, राजनीति, सिद्धान्त, आदर्शमा भन्दा पनि एउटा स्वार्थ समूह जस्ता बनेका छन् । जसरी हुन्छ, चुनाव जित्ने, सत्तामा जाने, त्यसको दोहन गर्ने, छिटो सम्पती आर्जन गर्ने । बिना लगानी सम्पती आर्जन गर्ने, एउटा थलो जस्तो हाम्रो राजनीतिक दलहरु बनेका छन् । त्यसो भएको हुनाले राजनीतिक दलहरु भनेको विचार, सिद्धान्त, आदर्श, नैतिकताका वाहक हुनुपर्छ । तर राज्य दोहनका साधन बनेका छन् । त्यसैले दलीय आवद्धता अब हाम्रो निम्ति असाध्यै ठूलो बाधक बनिरहेको छ ।’

अध्यक्ष भट्टराईले नेपाली अर्थतन्त्रलले साँच्चै नै गुणात्मक फड्को मार्ने हो भने गैरआवासीय नेपालीहरुको भुमिका अहं हुने बताउनु भयो ।




भर्खरै