९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने News Polar रसुवागढी नाका पुनः सञ्चालनका लागि चीनसँग सहयोग माग News Polar बिपी राजमार्गः वर्षा रोकिएपछि पुनर्निर्मित सडकबाटै आवागमन News Polar महिला कबड्डीमा नेपाल भारतसँग पराजित, काँस्य पदकमै सीमित News Polar कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन News Polar सिन्धुपाल्चोकमा राति सवारी सञ्चालन बन्द गर्ने निर्णय News Polar रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता News Polar ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे News Polar गुठी जग्गा खाली गराउने सूचना खारेज गर्न माग गर्दै जनकपुरमा आन्दोलन

हरिपुरमा रामजानकी मन्दिर निर्माण सुरू

हरिपुरमा रामजानकी मन्दिर निर्माण सुरू
अ अ+ अ-

सिरहा। सिरहाको लहान नगरपालिका–१७ हरिपुर एकरतियामा स्थानीयवासीको पहलमा रामजानकी मन्दिर निर्माणको काम सुरू गरिएको छ ।

बिहीबार मन्दिरको शिलान्याश गर्दै लहान नगरप्रमुख महेशप्रसाद चौधरीले सामाजिक एकता र समाजमा शान्तित्वको भावना बचाइ राख्न स्थानीयले गरेको मागअनुसार मन्दिर निर्माणको काम सुरू गरेको बताउनुभयो ।

स्थानीयको मागअनुसार मन्दिर निर्माणको काम सुरू गरिएको छ”, नगरप्रमुख चौधरीले भन्नुभयो, “भौतिक र आध्यात्मिक विकाससँगै सामाजिक जागरणका लागि सबै समुदायले आपसी एकता कायम राख्न यो मन्दिर निर्माण गर्न लागेका छौँ । यस वडामा लहान नगरपालिकाले शिक्षा, स्वास्थ्य, खानेपानी सडक निर्माण कार्यलाई गति दिएको छ ।” कूल नौ लाखको लागतमा मन्दिर निर्माणको काम सुरु गरिएको उहाँले जानकारी दिनुभयो ।

गाउँको विकास, सामाजिक कार्य र आयआर्जनका काम गर्न गाउँलेहरू सदैव एकताबद्ध र सक्रिय हुनेगरेको स्थानीय अगुवा अनिता चौधरीले बताउनुभयो । मन्दिर निर्माणले यस अभियानलाई अझ बढी टेवा पुग्ने उहाँले प्रस्ट्याउनुभयो । मन्दिर साझा थलो हुनु भएकाले मन्दिर परिसरमा बसेर सामाजिक गतिविधि अगाडि बढाउन मन्दिर निर्माणले सहजता ल्याउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

हरिपुर एकरतियाका महिलालाई आत्मनिर्भर बनाउन अगरबत्ति मैनबत्ती लहठी चुरा र गुन्द्रुक बनाउने सीपका लागि तालिम सञ्चालन गर्ने सोचमा रहेका स्थानीय महिलाहरूले नगर प्रमुख महेशप्रसाद चौधरीको ध्यानाकर्षण गराउँदै आवश्यक तालिम र बीउ पुँजीको लागि लहान नगरपालिकाले सहयोग गर्नुपर्ने माग गर्नुभयो ।

राम मन्दिर निर्माणलगतै स्थानीय महिलाले सामाजिक स्वच्छता कार्यक्रमअन्तर्गत सडक सरसफाइ, सामुदायिक विद्यालयको सुधार र सामुदायिक वनको संरक्षण लगायको कार्यक्रम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।  रासस