३ पुष २०८२, बिहीबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

हरिपुरमा रामजानकी मन्दिर निर्माण सुरू



अ+ अ-

सिरहा। सिरहाको लहान नगरपालिका–१७ हरिपुर एकरतियामा स्थानीयवासीको पहलमा रामजानकी मन्दिर निर्माणको काम सुरू गरिएको छ ।

बिहीबार मन्दिरको शिलान्याश गर्दै लहान नगरप्रमुख महेशप्रसाद चौधरीले सामाजिक एकता र समाजमा शान्तित्वको भावना बचाइ राख्न स्थानीयले गरेको मागअनुसार मन्दिर निर्माणको काम सुरू गरेको बताउनुभयो ।

स्थानीयको मागअनुसार मन्दिर निर्माणको काम सुरू गरिएको छ”, नगरप्रमुख चौधरीले भन्नुभयो, “भौतिक र आध्यात्मिक विकाससँगै सामाजिक जागरणका लागि सबै समुदायले आपसी एकता कायम राख्न यो मन्दिर निर्माण गर्न लागेका छौँ । यस वडामा लहान नगरपालिकाले शिक्षा, स्वास्थ्य, खानेपानी सडक निर्माण कार्यलाई गति दिएको छ ।” कूल नौ लाखको लागतमा मन्दिर निर्माणको काम सुरु गरिएको उहाँले जानकारी दिनुभयो ।

गाउँको विकास, सामाजिक कार्य र आयआर्जनका काम गर्न गाउँलेहरू सदैव एकताबद्ध र सक्रिय हुनेगरेको स्थानीय अगुवा अनिता चौधरीले बताउनुभयो । मन्दिर निर्माणले यस अभियानलाई अझ बढी टेवा पुग्ने उहाँले प्रस्ट्याउनुभयो । मन्दिर साझा थलो हुनु भएकाले मन्दिर परिसरमा बसेर सामाजिक गतिविधि अगाडि बढाउन मन्दिर निर्माणले सहजता ल्याउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

हरिपुर एकरतियाका महिलालाई आत्मनिर्भर बनाउन अगरबत्ति मैनबत्ती लहठी चुरा र गुन्द्रुक बनाउने सीपका लागि तालिम सञ्चालन गर्ने सोचमा रहेका स्थानीय महिलाहरूले नगर प्रमुख महेशप्रसाद चौधरीको ध्यानाकर्षण गराउँदै आवश्यक तालिम र बीउ पुँजीको लागि लहान नगरपालिकाले सहयोग गर्नुपर्ने माग गर्नुभयो ।

राम मन्दिर निर्माणलगतै स्थानीय महिलाले सामाजिक स्वच्छता कार्यक्रमअन्तर्गत सडक सरसफाइ, सामुदायिक विद्यालयको सुधार र सामुदायिक वनको संरक्षण लगायको कार्यक्रम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।  रासस