१ आश्विन २०८३, बिहीबार
,
Latest
विपद्का कारण सम्पत्ति विवरण पेश गर्न नसकेका कर्मचारीलाई ३० दिन म्याद थप वैदेशिक रोजगारीलाई बाध्यताबाट विकल्पमा बदल्ने सरकारको योजना, इटहरीमा सात दिने सीप तथा रोजगार मेला भोटेकोशी बाढीमा बेपत्ता कर्मचारी/कामदारको परिवारलाई प्राधिकरणले ल्यायो राहत प्याकेज फिफाको निलम्बन नफुके सोमबारदेखि नियमित गतिविधि सञ्चालन गर्ने एन्फाको चेतावनी सरकार राज्य सञ्चालनदेखि कृषि क्षेत्रसम्म असफल हुँदै गयो : सांसद भाट २०८३ को भैरव पुरस्कार आर.सी. रिजाललाई, प्रतिभा पुरस्कार चापागाईंलाई ग्सासको मूल्य प्रतिसिलिण्डर दुई हजार ६० मात्र लिन सङ्घको आग्रह राष्ट्रिय सेवा दल विधेयकसम्बन्धी राज्य व्यवस्था समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश महाधिवेशन एकतावद्ध रूपमा सम्पन्न गर्न आवश्यक लचकता अपनाउन तयार छु : गगन थापा बागमती प्रदेश सरकारले ल्यायो ‘हेलो सिएम’ सेवा, अब सोझै मुख्यमन्त्रीलाई समस्या राख्न सकिने 
तपाईं के खोज्दै हुनुहुन्छ ?

सडक कालोपत्र र ढलानलाई प्राथमिकता दिँदै स्थानीय तह



अ+ अ-

सिरहा । सिरहाका स्थानीय तहहरुले ग्रामीण क्षेत्रलाई शहरसम्म जोड्ने सडक कालोपत्र र ढलान गर्ने योजनालाई प्राथमिकता दिन थालेका छन् ।

विगत वर्षमा अधिकांश सडकमा माटो ग्राभेलको योजनालाई प्राथमिकता दिँदै आएका सिरहाका स्थानीय तहहरुले आर्थिक वर्ष ०७६/०७७ देखि सडकलाई पक्की र कालोपत्र गर्ने योजनालाई प्राथमिकता दिन थालेका हुन् । सडक सञ्जाल निर्माण गरेर ग्रामीण क्षेत्रबाट शहरसम्म पुग्न घण्टाँै लाग्ने नगरवासीको समस्यालाई दीर्घकालीनरुपमा समाधान गर्दै आवतजावतमा सहजता ल्याउने उद्देश्यले सडक कालोपत्रे र पक्की बनाउने योजनालाई प्राथमिकता दिएको स्थानीय सरकारका प्रमुखले बताएका छन् । 
    
लहान नगरपालिका, धनगढीमाई नगरपालिका, गोलबजार नगरपालिका, मिर्चैया नगरपालिका र सुखीपुर नगरपालिकाले  नगरक्षेत्रका सडकमा कालोपत्र र ढलान गर्ने योजनालाई प्राथमितामा राखेर काम अघि बढाएका छन् । जनसङ्ख्या र वडाको दृष्टिकोणले सिरहाको सबैभन्दा ठूलो नगरपालिका लहान नगरपालिकाले ग्रामीण भेगलाई लहान बजारसँग जोडिएका आधा दर्जन सडकलाई कालोपत्र र ढलान गर्ने योजनालाई अघि बढाएको लहान नगरपालिकाका प्रमुख मुनी साहले बताउनुभयो । 
    
कूल २४ वडा रहेको लहान नगरपालिकाको दक्षिणी भेगमा पर्ने वडा नम्बर १९, २०, २१, २२ र २३ का जनतालाई सहज र कम समयमा लहान बजारसम्म पुग्ने सडक निर्माण तीव्ररुपमा भइरहेको नगरप्रमुख साहको भनाइ छ । यस्तै नगरपालिकाको उत्तरी भेगका पर्ने वडा नम्बर १५, १६, १७ र १८ लाई लहान बजारसँग जोड्ने सडकलाई वडास्तरीय बजेटबाट पक्की गर्न ढलानको कामसमेत अघि बढाइएको नगरपालिकाले जनाएको छ ।
    
नगरपालिकाको उत्तरी पश्चिम क्षेत्रमा पर्ने वडा नम्बर १३ र १४ को १० किलोमिटर सडकमा कालोपत्रे भइरहेको र करिब चार किलोमिटर सडक कालोपत्र सकिएको छ । बाँकी सात किलोमिटर सडकमा छिट्टै कालोपत्र सकिने र ठूलो वडाको रुपमा रहेको वडा नम्बर २४ लाई उद्योगग्राम र पर्यटकीय क्षेत्र जोड्ने सडक निर्माणका लागि प्रदेश र सङ्घीय सरकारसँग पहल भइरहेको नगरप्रमुख साहले जानकारी दिनुभयो ।

लहान नगरपालिकासँगै जोडिएको धनगढीमाई नगरपालिकाले पनि नगरक्षेत्रको सडकलाई कालोपत्र गर्ने योजनालाई तीव्रता दिएको छ । धनगढीमाई नगरपालिकाले ग्रामीण क्षेत्रलाई बजारसम्म जोड्ने करिब २५ किलोमिटर सडकमा कालोपत्र गर्ने कार्य भइरहेको नगरप्रमुख हरिनारायण चौधरीले बताउनुभयो । सडक कालोपत्र र ढलान गर्ने योजनालाई प्राथमिता दिएको गोलबजार नगरपालिकाले पनि अहिले नगरक्षेत्रका करिब ३२ किलोमिटर सडकमा कालोपत्र र ढलानको काम सकिएको जनाएको छ । 

छिमेकी तीन स्थानीय तहले सडक सञ्जाल कालोपत्र र पक्की बनाउने कार्यलाई प्राथमिकता दिएपछि सुखीपुर नगरपालिकाले पनि गाउँलाई बजारसँग जोड्ने १३ किलोमिटर सडकमा कालोपत्र र तीन किलोमिटर सडकमा ढलान भइसकेको नगरप्रमुख रामऔतार यादवले जानकारी दिनुभयो । स्थानीय तहहरुले सञ्जाल विस्तारसँगै सडक कालोपत्र तथा ढलान गर्ने कार्यलाई प्राथमिकतामा राखेर काम अघि बढाएपछि स्थानीय उत्साहित बनेका छन् । 

विगत वर्षहरुमा अधिकांश सडकमा असार मसान्तमा माटो र ग्राभेल हाल्दै आएका स्थानीय तहहरुले पछिल्लो एक वर्षदेखि कालोपत्रे तथा ढलान कार्यलाई प्राथमिकता दिएकाले छिट्टै नगरक्षेत्रमा विकासीय गतिविधिले तीव्रता लिने लहान नगरपालिका–८ का सन्तोष गुप्ताले बताउनुभयो । यसबाट वर्षेनी माटो र ग्राभेलका नाममा भ्रष्टाचार गर्ने गरेको आरोपबाट समेत जनप्रतिनिधि केही हदसम्म मुक्त हुने उहाँको कथन छ ।