२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar शशिला मोटर्सको चारदिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न, सयभन्दा बढी ग्राहक लाभान्वित News Polar यस वर्षको ‘मीना दिदी पुरस्कार’ रसुवाकी शिक्षिका अनुजा अधिकारी आचार्यलाई News Polar कांग्रेस महाधिवेशन : महामन्त्रीमा प्रदीप पौडेलको अग्रता, उपसभापतिमा चन्द्रकान्त भण्डारी अगाडि News Polar पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली News Polar विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट गर्ने दुई जना पक्राउ News Polar वीणा जोशीलाई मदन पुरस्कार, किरण खरेललाई जगदम्बा–श्री पुरस्कार News Polar त्रिशूली नदीले कटान गर्दा भासिएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा News Polar सुदूरपश्चिम प्रदेशको ३७ अर्ब ७० करोडको बजेट प्रस्तुत, दुई महिनाको बजेट शून्यता अन्त्य News Polar बिपी राजमार्ग : पुनर्निर्मित सडकबाटै आवागमन, दसैँमा थप सहज News Polar बुढीगण्डकी बाढी : मनाश्लु हिँडेका पर्यटक बीचैमा रोकिए News Polar बूढीगण्डकीमा बाढी : ५ जना बेपत्ता, खोज तथा उद्धारका लागि ४३७ जना सुरक्षाकर्मी परिचालित News Polar सप्ताहव्यापी विश्व खाद्य दिवस सुरु, खाद्यका लागि कृषि अभियानको संयोजकत्वमा विविध कार्यक्रम News Polar कांग्रेसको १५औँ महाधिवेशन : उपसभापतिमा चन्द्रकान्त भण्डारी र महामन्त्रीमा प्रदीप पौडेल अगाडि News Polar मुलुकको समग्र शिक्षा क्षेत्रको ४१ प्रतिशत भार निजी क्षेत्रले वहन गरेको छ, लगानीको सुरक्षा खै ?- हिसान News Polar आगामी ५० वर्षलाई मार्गनिर्देशन गर्ने शिक्षा ऐन बनाउनुपर्छ : अपेन अध्यक्ष बोहरा News Polar बूढीगण्डकी बाढी : उद्धार र जोखिम न्यूनीकरणमा जुट्न ट्रक यातायात व्यवसायी महासंघको अपिल News Polar पोखरामा ओभरसीज फ्रेण्डसिप इन्टरनेसनल अस्पताल सञ्चालनमा, २४ सै घण्टा आकस्मिक सेवा News Polar निजी विद्यालय कम्पनीकै रूपमा सञ्चालन गर्न पाउनुपर्छ : प्याब्सन अध्यक्ष अधिकारी News Polar बुढीगण्डकी बाढीः दर्जनौँ घर र पुलमा क्षति, प्रभावित क्षेत्रबाट ४७ जनाको उद्धार News Polar मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ

ओलम्पियन भगवतीलाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’

ओलम्पियन भगवतीलाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’
अ अ+ अ-

कास्की। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको ‘नवौँ पोखरा स्पोट्र्स अवार्ड २०८१’ मा ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ ओलम्पियन सुटिङकी भगवती खत्री केसीलाई प्रदान गरिने भएको छ ।

आफ्नो जीवनको अधिकांश समय नेपाली खेलकुदको विकास र उन्नयनमा लागि पर्ने व्यक्तिलाई सो अवार्डबाट सम्मान गर्ने गरिएको छ । यस वर्षको अवार्ड केसीलाई प्रदान गर्नका लागि प्रतिभा छनोट समितिले सिफारिस गरेको थियो । खत्रीलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लासहित सो सम्मान अर्पण गरिने मञ्चका अध्यक्ष एमबि आस्था मगरले जानकारी दिनुभयो ।

बागलुङकी भगवती राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रतियोगितामा सहभागी भई विभिन्न पदक जित्नुभएको छ । नवौँ राष्ट्रिय प्रतियोगितामा प्रथम, १२ औँ राष्ट्रिय सुटिङ प्रतियोगितामा प्रथम, प्रथम खुला सुटिङ प्रतियोगितामा प्रथम, चौथो राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रथम, पाँचौँ राष्ट्रिय प्रतियोगितामा द्वितीय र १२औँ राष्ट्रिय सुटिङ प्रतियोगितामा ‘बेस्ट प्लेयर’को उपाधि प्राप्त गर्नुभएको थियो ।

यसैगरी अन्तरराष्ट्रियतर्फ सिड्नीमा भएको २७औँ ओलम्पिक खेलकुदमा सहभागी भएर राष्ट्रिय कीर्तिमानीसमेत कायम गर्नुभएको छ । विभिन्न सातवटा संस्करणका एसियन गेममा सहभागितालगायत साफ च्याम्पियन र अन्तरराराष्ट्रिय सुटिङ प्रतियोगितामा सहभागी हुनुभएको छ । खत्रीले २०५१ सालदेखि गण्डकी प्रदेशमा सुटिङ प्रशिक्षकका रूपमा खेलाडीलाई निःशुल्क प्रशिक्षणसमेत गराउँदै आउनुभएको छ ।

यसअघि, मञ्चले यहाँका अग्रज खेलाडीहरू कृष्ण थापा, खड्गबहादुर रानाभाट, डा वीरेन्द्रसिंह गुरुङ, चित्रबहादुर गुरुङ, आनन्द रञ्जित, गणेशबहादुर भट्टराई, विद्याप्रसाद मरासिनी र इन्द्रा मल्ललाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’बाट सम्मान गरिसकेको छ ।

खेलाडी तथा खेल क्षेत्रमा क्रियाशीललाई ऊर्जा थप्न मञ्च गण्डकीले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्टस् अवार्ड गर्दै आइरहेको छ । अवार्ड कार्यक्रममार्फत वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेलकुद सङ्घसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गर्ने गरिएको छ । नवौँ संस्करणको अवार्ड यही वैशाख २६ गते पोखरामा हुँदैछ ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी, गण्डकी प्रदेशका सम्पूर्ण खेलकुद पत्रकारको साझा संस्थाको रूपमा परिचित छ । रासस