५ पुष २०८२, शनिबार
,
Latest
तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन् यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’ प्रथम कावासोती गोल्डकप आजदेखि सुरु हुँदै सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य कण्ठरोग निवारणमा सफलता : गलगाँडको समस्या शून्य दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘तराई मधेस जागरण अभियानले सकारात्मक सन्देश दियो’



अ+ अ-

कैलाली। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव एवं सुदूरपश्चिम प्रदेश इन्चार्ज गिरिराजमणि पोखरेलले हुलाकी राजमार्ग केन्द्रित तराई मधेस जागरण अभियानले सकारात्मक सन्देश दिएको बताउनुभएको छ ।

तराई मधेस जागरण अभियानको उपलब्धिबारे आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा अभियान शानदार रूपमा सम्पन्न भएको बताउँदै अभियानले सकारात्मक सन्देश दिएको उहाँले बताउनुभयो । “अभियानमा जनताले आफ्नो कुरा सुनाए, हाम्रो नेतृत्वले जनतालाई हाम्रो कुरा सुनाएको छ”, नेता पोखरेलले भन्नुभयो, “जसले हामीलाई ऊर्जा प्राप्त भएको छ ।” उहाँले तराई मधेस जागरण अभियानले जनतासँग नयाँ सम्बन्ध कायम भएको बताउनुभयो ।

अभियानको क्रममा एकातिर जनताको समस्या नजिकबाट बुझ्ने र हेर्ने अवसर मिलेको बताउँदै उहाँले जनताबाट अपार माया, स्नेह प्राप्त गरेको बताउनुभयो । उहाँले हुलाकी राजमार्ग क्षेत्रका जनता सुविधा र सुरक्षा खोजिरहेको उल्लेख गर्नुभयो ।

हुलाकी राजमार्गभन्दा दक्षिणतिरका जनतामा न्यूनतम सेवा सुविधा नपुगेको बताउँदै नेता पोखरेलले सीमाको रक्षा गरिरहेको वास्तविक देशभक्त जनताका कुरा केन्द्रीय राज्य सत्ताले बुझ्न जरूरी रहेको बताउनुभयो ।

गत फागुन १२ गतेदेखि माओवादीले झापाबाट हुलाकी राजमार्ग केन्द्रित तराई मधेस जागरण अभियान सुरु गरेको थियो । सो अभियान कञ्चनपुरको महेन्द्रनगर पुगेर बुधबार समापन भएको थियो ।रासस