२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar शशिला मोटर्सको चारदिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न, सयभन्दा बढी ग्राहक लाभान्वित News Polar यस वर्षको ‘मीना दिदी पुरस्कार’ रसुवाकी शिक्षिका अनुजा अधिकारी आचार्यलाई News Polar कांग्रेस महाधिवेशन : महामन्त्रीमा प्रदीप पौडेलको अग्रता, उपसभापतिमा चन्द्रकान्त भण्डारी अगाडि News Polar पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली News Polar विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट गर्ने दुई जना पक्राउ News Polar वीणा जोशीलाई मदन पुरस्कार, किरण खरेललाई जगदम्बा–श्री पुरस्कार News Polar त्रिशूली नदीले कटान गर्दा भासिएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा News Polar सुदूरपश्चिम प्रदेशको ३७ अर्ब ७० करोडको बजेट प्रस्तुत, दुई महिनाको बजेट शून्यता अन्त्य News Polar बिपी राजमार्ग : पुनर्निर्मित सडकबाटै आवागमन, दसैँमा थप सहज News Polar बुढीगण्डकी बाढी : मनाश्लु हिँडेका पर्यटक बीचैमा रोकिए News Polar बूढीगण्डकीमा बाढी : ५ जना बेपत्ता, खोज तथा उद्धारका लागि ४३७ जना सुरक्षाकर्मी परिचालित News Polar सप्ताहव्यापी विश्व खाद्य दिवस सुरु, खाद्यका लागि कृषि अभियानको संयोजकत्वमा विविध कार्यक्रम News Polar कांग्रेसको १५औँ महाधिवेशन : उपसभापतिमा चन्द्रकान्त भण्डारी र महामन्त्रीमा प्रदीप पौडेल अगाडि News Polar मुलुकको समग्र शिक्षा क्षेत्रको ४१ प्रतिशत भार निजी क्षेत्रले वहन गरेको छ, लगानीको सुरक्षा खै ?- हिसान News Polar आगामी ५० वर्षलाई मार्गनिर्देशन गर्ने शिक्षा ऐन बनाउनुपर्छ : अपेन अध्यक्ष बोहरा News Polar बूढीगण्डकी बाढी : उद्धार र जोखिम न्यूनीकरणमा जुट्न ट्रक यातायात व्यवसायी महासंघको अपिल News Polar पोखरामा ओभरसीज फ्रेण्डसिप इन्टरनेसनल अस्पताल सञ्चालनमा, २४ सै घण्टा आकस्मिक सेवा News Polar निजी विद्यालय कम्पनीकै रूपमा सञ्चालन गर्न पाउनुपर्छ : प्याब्सन अध्यक्ष अधिकारी News Polar बुढीगण्डकी बाढीः दर्जनौँ घर र पुलमा क्षति, प्रभावित क्षेत्रबाट ४७ जनाको उद्धार News Polar मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ

‘धार्मिक पर्यटन प्रवर्द्धनमा बद्रीनारायण धामको महत्त्वपूर्ण भूमिका रहन्छ’

‘धार्मिक पर्यटन प्रवर्द्धनमा बद्रीनारायण धामको महत्त्वपूर्ण भूमिका रहन्छ’
अ अ+ अ-

काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले धार्मिक पर्यटन प्रवर्द्धनमा बद्रीनारायण धामको महत्त्वपूर्ण भूमिका रहने बताउनुभएको छ ।

नारायण पोखरेल प्रतिष्ठानले नागार्जुन नगरपालिका–७ रामकोटमा निर्माण गरेको बद्रीनारायण धामको आज प्राण प्रतिष्ठाको शुभारम्भ गर्दै उहाँले धार्मिक पर्यटन प्रवर्द्धनमा धामको महत्त्वपूर्ण भूमिका रहने बताउनुभयो ।

सगरमाथाको काख ऋषिहरूले तपस्या गरेको पावन भूमि नेपालमा पर्यटन प्रवर्द्धनका लागि यस्ता धामहरूको ठूलो सहयोग रहन्छ, संस्कृतिको रक्षा गर्न यस्ता कार्यक्रमले सहयोग पुग्नेछ”, उहाँले भन्नुभयो । मन्त्री पाण्डेले आत्यात्मिक क्षेत्रबाट मुलुकको विकासमा सक्रिय नारायण पोखरेलले मुलुकको शिक्षा र स्वास्थ्य क्षेत्रको विकासमा पुर्याएको योगदान अतुलनीय रहेको उल्लेख गर्नुभयो । मन्त्री पाण्डेले नारायण पोखरेलले देखाएको बाटो झाँगिदै गएको बताउनुभयो ।

भारतको उत्तराखण्डका बद्रीनाथ धामका अध्यक्ष दर्शन भारतीले नेपालको मौलिक धामका रूपमा रामकोटमा बनेको बद्रीनारायण रहेको बताउनुभयो । “भारतको बद्रीनाथ धाम जान नसक्ने दर्शनार्थीका लागि यही बद्रीनारायण धामको दर्शन गर्नुहोस्”, उहाँले भन्नुभयो ।

उहाँले भारतबाट नेपालको पशुपतिनाथ धाम दर्शन गर्न आएका पर्यटकलाई समेत रामकोटको बद्रीनारायण धामको दर्शन गर्न आग्रह गर्नुभयो । नारायण पोखरेल प्रतिष्ठानका प्रमुख संरक्षक एवं अध्यक्ष वाचन प्रवीण पण्डित दिनबन्धु पोखरेलले चार धाममध्ये एक धाम नेपालमा छ भन्ने सन्देश दिन बद्रीनारायण धामको निर्माण गरिएको जानकारी दिनुभयो ।

स्व नारायण पोखरेल आध्यात्मिक क्षेत्रबाट मुलुकको विकासमा सक्रिय हुनुहुन्थ्यो । उहाँले भौतिक विकास नभएसम्म समुन्नत मुलुक निर्माण हुन सक्दैन भन्ने मान्यता राख्दै आउनुभएको थियो ।

विसं २०११ जेठ ३२ गते गोरखाको बगुवामा जन्मनुभएका पोखरेलको विसं २०६२ वैशाख २३ गते रुपन्देहीको रामापुरमा हत्या गरिएको थियो । उहाँ नेपालको पहिलो धार्मिक सहिदसमेत हुनुहुन्छ । स्व पोखरेललाई जनस्तरबाट वाचन शिरोमणिको उपाधि दिइएको थियो ।

स्व पोखरेलले देशभरका ६५ भन्दा बढी जिल्लामा एक हजार १३६ पुराण वाचन गर्नुभएको थियो । पोखरेलको निधन  भएसँगै विसं २०६४ असोज २३ मा स्थापना भएको नारायण पोखरेल प्रतिष्ठानले उहाँको व्यक्तित्व र कृतित्वलाई जीवन्त राख्ने काम गर्दै आएको छ ।

उक्त धाममा बद्रीनारायण मन्दिरबाहेक धामको प्रशासनिक भवन, नारायण पोखरेल प्रतिष्ठानको कार्यालय, योग ध्यान केन्द्र, हवन कुण्ड, गणेश, सूर्य, देवी र शिवसहितको पाञ्चायन मन्दिर निर्माण हुनेछ । रासस