काठमाडौँ । सरकारले निर्वाहमुखी कृषिलाई आधुनिकीकरण व्यावसायिक बनाउने भएको छ ।
शुक्रवार सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम सार्वजनिक राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो जानकारी गराउनुभएको हो ।
उहाँले कृषिमा यान्त्रिकिकरणमार्फत देशलाई कृषिमा आत्मनिर्भर बनाइने बताउनु भयो । उहाँ कृषिमा युवा जनशक्तिलाई आकर्षण गर्न भूमि, कृषि सामग्री, बजार तथा बीमाको इको सिस्टम बलियो बनाइने बताउनु भयो । उहाँले भूमि बैंकमार्फत जमिनको उपलब्धता सुनिश्चित गरिने बताउनु भयो । आफूले गर्न लागेको व्यवसायको परियोजना धितो राखी स्थानीय वित्तीय संस्थामार्फत आर्थिक तथा कृषि उपजका सामग्रीको व्यवस्था गरिने बताउनु भयो । कृषि क्षेत्रमा जुनसुकै क्षेत्रमा काम गर्ने भएपनि प्रणालीमा आवद्य गरी पाइलट प्रोजेक्ट शुरु गरिने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘निर्वाहमुखि कृषिलाई आधुनिक र व्यवसायिक बनाउँदै कृषि उपजमा देशलाई आत्मनिर्भर तुल्याउन यान्त्रिकिकरण तथा विशिष्टिकरण गरिनेछ । कृषिमा युवालाई आकर्षित गर्न भूमि कृषि सामग्री, बीमा, खरिद सम्झौता र बजारको बलियो इको सिस्टम कायम गरिने छ । कृषि क्षेत्रको जुनसुकै विधामा उद्यम गर्न चाहनेलाई यस प्रणालीमा आवद्य गरी पाइलट प्रोजेक्ट शुरु गरिनेछ । भूमि बैंकमार्फत जमिनको उपलब्धता सुनिश्चितता गर्दै परियोजनालाई नै धितोमा राखी स्थानीय वित्तीय संस्थामार्फत् वित्तीय वा अन्य सामग्रीको व्यस्था गरिने छ । परियोजना बीमामार्फत् आकस्मिक क्षेत्रबाट रक्षा समर्थन मूल्यमा आधारित अग्रिम कृषि खरिद सम्झौता गरी व्यवासायिक जोखिमको सम्बोधन र बजारीको सुनिश्चितता गरिने छ । प्रमुख बाली पुशपंक्षी र मत्छे क्षेत्र लक्षित कार्यक्रममार्फत उत्पादन तथा उत्पादकत्व वृद्धि खाद्य सुरक्षा र कृषकको आम्दानी वृद्धि गरिनेछ ।’
राष्ट्रपति पौडेलले पशुपंक्षी तथा मत्स्ये व्यवसायबाट उत्पादकत्व वृद्धि गरी खाद्य सुरक्षा तथा कृषकको आम्दानीमा वृद्धि गरिने बताउनु भयो ।










