२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अभिनेता राजेश हमालका भाइको मृत्यु



अ+ अ-

काठमाडौं । अभिनेता राजेश हमालका भाइको मृत्यु भएको छ । उनका एक मात्र भाइ राकेश हमालको निधन भएको हो ।

कलेजोको समस्याका कारण केही दिनअघि नयाँदिल्ली पुर्याइएका राकेशको नयाँदिल्लीस्थित ह्याम्स अस्पतालमा उपचारका क्रममै निधन हमालको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

राकेशका श्रीमती र दुई छोराछोरी छन् । राजेशका दम्पती र राकेशको परिवार काठमाडौंमा एउटै घरमा बस्दै आएको जनाइएको छ ।

उनीहरुका तीन दिदीबहिनी छन् । काठमाडौंमै रहेका अभिनेता राजेश हमाल भाइको शव दिल्लीबाट नेपाल ल्याउने काममा लागिरहेको जनाइएको छ ।