५ भाद्र २०८३, शुक्रबार
,
Latest
सवारी दुर्घटनामा दुई जनाको मृत्यु सोमालियाका बालबालिका सहायता कटौतीबाट गम्भीररूपमा प्रभावितः संयुक्त राष्ट्रसङ्घ गान्धीद्वारा लेखिएका ‘नोट’ हरू एक करोड ७० लाख डलरमा बिक्री सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार जना भारतीय पक्राउ उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कारलाई निरन्तरता दिँदै रुपन्देही महासङ्घ पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता भोलिदेखि ८ हजारभन्दा बढी फोटोबीच मिथुन कुँवर बने नेपालिज इन फोटोग्राफीको ग्रान्ड प्राइज विजेता चलचित्र ‘बुकी’को ‘तनमनमा भलिबल’ गीत सार्वजनिक राष्ट्रपति ट्रम्पद्वारा गाईको मासुको आयातमा ९० दिनका लागि भन्सार छुट बाँदर धपाउने क्रममा लडेर एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

अब हामी हाइड्रोजन इनर्जीबाटै सवारी साधन चलाउन सक्छौँः प्रधानमन्त्री ओली



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले अब हाइड्रोजन इनर्जीबाटै सवारी साधन चलाउनसक्ने बताउनुभएको छ ।

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले नेपालसँग अब प्रशस्त विद्युत उत्पादन क्षमता रहेको बताउँदै उहाँले आर्टिफिसियल इन्टेलिजेन्स ९एआई०लाई आवश्यक पर्ने विद्युत उपलब्ध गराउनसक्ने बताउनु भयो । उहाँले नेपालसँग हाइड्रोपावरमात्रै नभएर ग्रिन हाइड्रोजन इनर्जी उपलब्ध गराउन सक्ने विश्वास व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले केही दिन अघि आफू हाइड्रोजन ब्याट्रीबाट चलाइएको गाडीमा चढेर एक कार्यक्रममा गएको स्मरण गर्दै हाइड्रोजन इनर्जीबाटै सवारी साधन चलाउन सक्ने ठाउँमा पुगिसकेको र यसलाई बिस्तार गर्दै लैजान सकिने विश्वास गर्नुभयो । उहाँले नेपाललाई विकासका सम्भावना प्रकृतिले नै उपलब्ध गराएको भन्दै त्यसको सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘हामीसँग अब इलेक्ट्रिसिटी छ । अब तपाईंहरूले स्थापना गर्दा, केही सुरसार गर्दा थप इलेक्ट्रिसिटी उत्पादन गर्छौ । हामी एआईलाई चाहिने इलेक्ट्रिसिटी उपलब्ध गराउन सक्छौँ । अहिलेको हाइड्रोपावर मात्रै होइन, हाइड्रो इनर्जी मात्रै होइन । ग्रिन हाइड्रोजन इनर्जी हामी उपलब्ध गराउन सक्छौँ । किनभने हामी, अस्ति हाइड्रोजन ब्याट्रीबाट चलाएको गाडीमा म आफै चढेर एउटा गए । त्यो एउटा प्रयोगात्मक हो । अब हामी हाइड्रोजन इलेक्ट्रिसिटी ऊर्जाबाट केही ठाउँहरूमा बसहरू चलाउन सक्छौँ, गाडीहरू चलाउन सक्छौँ । त्यो ठाउँमा हामी पुगिसकेका छौँ । यसको विस्तार गर्दै लान सकिन्छ । विकासका सम्भावना हामीलाई प्रकृतिले दिएको छ । हामीसँग खनिजहरू छन् । त्यसमध्ये ठुलो कुरा त हामीसँग जमिन छ ।’

प्रधानमन्त्री ओलीले आइटी सेक्टरमा लगानी गर्ने विदेशी लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न आग्रह गर्नुभयो । उहाँले नेपालमा पूर्वाधार, सडक पहुँच लगायतको राम्रो प्रवन्ध रहेको बताउँदै लगानीको लागि अनुकुल वातावरण बनेको समेत जिकिर गर्नुभयो ।