१ आश्विन २०८३, बिहीबार
,
Latest
विपद्का कारण सम्पत्ति विवरण पेश गर्न नसकेका कर्मचारीलाई ३० दिन म्याद थप वैदेशिक रोजगारीलाई बाध्यताबाट विकल्पमा बदल्ने सरकारको योजना, इटहरीमा सात दिने सीप तथा रोजगार मेला भोटेकोशी बाढीमा बेपत्ता कर्मचारी/कामदारको परिवारलाई प्राधिकरणले ल्यायो राहत प्याकेज फिफाको निलम्बन नफुके सोमबारदेखि नियमित गतिविधि सञ्चालन गर्ने एन्फाको चेतावनी सरकार राज्य सञ्चालनदेखि कृषि क्षेत्रसम्म असफल हुँदै गयो : सांसद भाट २०८३ को भैरव पुरस्कार आर.सी. रिजाललाई, प्रतिभा पुरस्कार चापागाईंलाई ग्सासको मूल्य प्रतिसिलिण्डर दुई हजार ६० मात्र लिन सङ्घको आग्रह राष्ट्रिय सेवा दल विधेयकसम्बन्धी राज्य व्यवस्था समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश महाधिवेशन एकतावद्ध रूपमा सम्पन्न गर्न आवश्यक लचकता अपनाउन तयार छु : गगन थापा बागमती प्रदेश सरकारले ल्यायो ‘हेलो सिएम’ सेवा, अब सोझै मुख्यमन्त्रीलाई समस्या राख्न सकिने 
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले दैनिक १५ उडान गर्ने



फाईल फोटो
अ+ अ-

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले भदौ १ गते देखि दैनिक १५ वटासम्म अन्तर्राष्ट्रिय उडान गर्ने तयारी सुरु गरेको छ । 

विमानस्थलका प्रमुख देवेन्द्र केसीले कोभिड १९ संक्रमणको जोखिमलाई हेरेर दैनिक १५ वटा सम्म उडान गर्न सक्ने अवस्थामा विमानस्थल रहेको बताउनुभयो । उहाँले विमानस्थलमा डिपार्चर र एराइभलका लागि सामान्य अवस्थामा भन्दा केही बढी समय लाग्ने भएकाले सिमित उडानबाट विमानस्थललाई सूचारु गरिने बताउनुभयो । सरकारले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई भदौ १ गते देखि आन्तरिक र बाह्य उडान सुचारु गर्ने निर्णय गरेको छ । तर विमानस्थलले भदौ १ पछि दैनिक कति उडान गर्ने भन्ने औपचारिक निर्णय भने गरिसकेको छैन् । तरपनि संक्रमणको जोखिमलाई ध्यान दिएर दैनिक १५ वटा भन्दा बढी उडान गर्न सम्भव नदेखिएको केसीले बताउनुभयो । त्यस्तै आन्तरिक उडान तर्फ दैनिक ३० देखि ४० वटा सम्म उडान गर्न सम्भव हुने उहाँले बताउनुभयो ।

अन्तर्राष्ट्रिय यात्रुका लागि विमान उडान हुने समय भन्दा  कम्तिमा चार घण्टा अघि विमानस्थल प्रस्थान हुनुपर्ने व्यवस्था गरिने उहाँले बताउनुभयो । समान्य अवस्थामा आफ्नो उडान समय भन्दा तीन घण्टा अघि विमानस्थल पुग्नुपर्ने व्यवस्था रहेको थियो । विमानस्थल प्रमुख केसीले स्वास्थ्य सुरक्षा अपनाउनका लागि साधन स्रोत बढाउनुपर्ने बताउनुभयो । विमानस्थलसँग जनशक्ति प्रयाप्त भएको तर संक्रमणको जोखिम कमगर्नका लागि साधन स्रोत थप्नुपर्ने बताउनुभयो । त्यसका लागि विमानस्थलले काम गरिरहेको पनि उहाँले बताउनुभयो । देश भित्र रहेका अन्य आन्तरिक विमानस्थलहरु पनि उडानका लागि तयारी अवस्थामा रहेको बताउनुभयो । उहाँले देश भित्रका सबै विमानस्थलमा न्यूनतम स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर काम गरिने स्पस्ट पार्नुभयो ।

कोरोना संक्रमणका हिसाबले विमानस्थल अत्यन्त संवेदनशिल ठाउँ भएकाले स्वास्थ्य सुरक्षाका पोर्टोकलहरुलाई पूर्णरुपमा पालना गर्न र गराउन विमानस्थल सक्षम रहेको उहाँले बताउनुभयो । यस्तै यात्रुहरुलाई विमानस्थलमा आउँदा सतर्क रहन समेत केसीले आग्रह गर्नुभयो । विमानस्थलमा कुनैपनि व्यक्तिलाई समस्या भए त्यसको व्यवस्थापन गर्न विमानस्थल सक्षम रहेको पनि उहाँले बताउनुभयो ।