२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आव २०८२—०८३ को बजेट तथा कार्यक्रममा जलवायुमैत्री अभियानलाई विशेष महत्व दिएका छौँः मन्त्री ठकुरी



अ+ अ-

काठमाडौँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले आर्थिक वर्ष २०८२—०८३ को बजेट तथा कार्यक्रममा वातावरण तथा जलवायुमैत्री अभियानलाई विशेष महत्वका साथ अघि सारिएको बताउनुभएको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

नेपालको कार्बन उत्सर्जन लगायतका विषय समेटिएको दुई वर्षे पारदर्शिता प्रतिवेदन अन्तिम चरणमा पुगेको बताउनु भयो । आर्थिक वर्ष २०८२—०८३ को बजेट तथा कार्यक्रममा संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय सरकारमार्फत सञ्चालित वातावरण तथा जलवायुमैत्री अभियानलाई विशेष महत्वका साथ अघि सारेको बताउनु भयो । मन्त्री ठकुरीले नेपालले सञ्चित गरेको कार्बनलाई अन्तर्राष्ट्रिय स्थानीय समुदायमा विक्री गरी आर्थिक लाभ उठाउने उद्देश्यका साथ कार्बन नियमावली २०८२ को अन्तिम मस्यौदा तयार गरिरहेको बताउनु भयो । उहाँले यही मे महिनाको १६ देखि १८ सम्म नेपाल सरकारद्वारा आयोजित सगरमाथा संवादलाई विशेष गरी जलवायु परिवर्तन पर्वत र मानव भविष्यसँग जोडेर अन्तर्राष्ट्रिय स्तरमै यसको असरको बारेमा विश्व समुदायलाई जानकारी गराउनका लागि यो महत्वपूर्ण कार्यक्रम हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले सगरमाथा संवादलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्नका लागि नेपाल सरकारले आफ्नो तयारीहरु अघि बढाइरहेको बताउनु भयो । केही दिनभित्र सम्पूर्ण तयारी पूरा गरेर राष्ट्रिय महत्वको पर्वको रुपमा मनाउन गइरहेको बताउनु भयो ।

मन्त्री ठकुरीले भन्नुभयो, ‘नेपालले सञ्चित गरेको कार्बनलाई अन्तर्राष्ट्रिय स्थानीय समुदायमा विक्री गरी आर्थिक लाभ उठाउने उद्देश्यका साथ कार्बन नियमावली २०८२ को अन्तिम मस्यौदा हामी तयार गरिरहेका छौँ । नेपालको कार्बन उत्सर्जन लगायतका विषय समेटिएको दुई वर्षे पारदर्शिता प्रतिवेदन पनि अन्तिम चरणमा पुगेको छ । यही मे महिनाको १६ देखि १८ सम्म नेपाल सरकारद्वारा आयोजित सगरमाथा संवादलाई विशेष गरी जलवायु परिवर्तन पर्वत र मानव भविष्यसँग जोडेर अन्तर्राष्ट्रिय स्तरमै यसको असरको बारेमा विश्व समुदायलाई जानकारी गराउनका लागि यो महत्वपूर्ण कार्यक्रम हुनेछ । सगरमाथा संवादलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्नका लागि नेपाल सरकारले आफ्नो तयारीहरु अघि बढाइरहेको छ । केही दिनभित्र सम्पूर्ण तयारी पूरा गरेर राष्ट्रिय महत्वको पर्वको रुपमा हामी मनाउन गइरहेका छौँ । नीति तथा कार्यक्रम र योजनाहरु त बन्छन् तर कार्यान्वयनको चरणमा पुग्न अत्यन्तै कठिनाइ हुने गरेको छ । आर्थिक वर्ष २०८२—०८३ को बजेट तथा कार्यक्रममा संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय सरकारमार्फत सञ्चालित वातावरण तथा जलवायुमैत्री अभियानलाई विशेष महत्वका साथ अघि सारेका छाँै ।’

मन्त्री ठकुरीले जलवायु परिवर्तनको प्रभाव दिन प्रतिदिन झनै भयावह बन्दै गएको बताउनु भयो । नेपाल जलवायु परिवर्तनको प्रमुख कारक नभएपनि त्यसको पीडा भोग्नु परिरहेको बताउनु भयो ।