५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

आव २०८२—०८३ को बजेट तथा कार्यक्रममा जलवायुमैत्री अभियानलाई विशेष महत्व दिएका छौँः मन्त्री ठकुरी



अ+ अ-

काठमाडौँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले आर्थिक वर्ष २०८२—०८३ को बजेट तथा कार्यक्रममा वातावरण तथा जलवायुमैत्री अभियानलाई विशेष महत्वका साथ अघि सारिएको बताउनुभएको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

नेपालको कार्बन उत्सर्जन लगायतका विषय समेटिएको दुई वर्षे पारदर्शिता प्रतिवेदन अन्तिम चरणमा पुगेको बताउनु भयो । आर्थिक वर्ष २०८२—०८३ को बजेट तथा कार्यक्रममा संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय सरकारमार्फत सञ्चालित वातावरण तथा जलवायुमैत्री अभियानलाई विशेष महत्वका साथ अघि सारेको बताउनु भयो । मन्त्री ठकुरीले नेपालले सञ्चित गरेको कार्बनलाई अन्तर्राष्ट्रिय स्थानीय समुदायमा विक्री गरी आर्थिक लाभ उठाउने उद्देश्यका साथ कार्बन नियमावली २०८२ को अन्तिम मस्यौदा तयार गरिरहेको बताउनु भयो । उहाँले यही मे महिनाको १६ देखि १८ सम्म नेपाल सरकारद्वारा आयोजित सगरमाथा संवादलाई विशेष गरी जलवायु परिवर्तन पर्वत र मानव भविष्यसँग जोडेर अन्तर्राष्ट्रिय स्तरमै यसको असरको बारेमा विश्व समुदायलाई जानकारी गराउनका लागि यो महत्वपूर्ण कार्यक्रम हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले सगरमाथा संवादलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्नका लागि नेपाल सरकारले आफ्नो तयारीहरु अघि बढाइरहेको बताउनु भयो । केही दिनभित्र सम्पूर्ण तयारी पूरा गरेर राष्ट्रिय महत्वको पर्वको रुपमा मनाउन गइरहेको बताउनु भयो ।

मन्त्री ठकुरीले भन्नुभयो, ‘नेपालले सञ्चित गरेको कार्बनलाई अन्तर्राष्ट्रिय स्थानीय समुदायमा विक्री गरी आर्थिक लाभ उठाउने उद्देश्यका साथ कार्बन नियमावली २०८२ को अन्तिम मस्यौदा हामी तयार गरिरहेका छौँ । नेपालको कार्बन उत्सर्जन लगायतका विषय समेटिएको दुई वर्षे पारदर्शिता प्रतिवेदन पनि अन्तिम चरणमा पुगेको छ । यही मे महिनाको १६ देखि १८ सम्म नेपाल सरकारद्वारा आयोजित सगरमाथा संवादलाई विशेष गरी जलवायु परिवर्तन पर्वत र मानव भविष्यसँग जोडेर अन्तर्राष्ट्रिय स्तरमै यसको असरको बारेमा विश्व समुदायलाई जानकारी गराउनका लागि यो महत्वपूर्ण कार्यक्रम हुनेछ । सगरमाथा संवादलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्नका लागि नेपाल सरकारले आफ्नो तयारीहरु अघि बढाइरहेको छ । केही दिनभित्र सम्पूर्ण तयारी पूरा गरेर राष्ट्रिय महत्वको पर्वको रुपमा हामी मनाउन गइरहेका छौँ । नीति तथा कार्यक्रम र योजनाहरु त बन्छन् तर कार्यान्वयनको चरणमा पुग्न अत्यन्तै कठिनाइ हुने गरेको छ । आर्थिक वर्ष २०८२—०८३ को बजेट तथा कार्यक्रममा संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय सरकारमार्फत सञ्चालित वातावरण तथा जलवायुमैत्री अभियानलाई विशेष महत्वका साथ अघि सारेका छाँै ।’

मन्त्री ठकुरीले जलवायु परिवर्तनको प्रभाव दिन प्रतिदिन झनै भयावह बन्दै गएको बताउनु भयो । नेपाल जलवायु परिवर्तनको प्रमुख कारक नभएपनि त्यसको पीडा भोग्नु परिरहेको बताउनु भयो ।