६ श्रावण २०८३, बुधबार
,
Latest
राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले कानुन कार्यान्वयन अवस्थाको थाल्यो अध्ययन शिक्षा र स्वास्थ्यमा तीन प्रतिशत कर फिर्ताको घोषणा स्वागतयोग्य रहेको प्रतिक्रिया डा. गोविन्द केसीले बिहीबारदेखि २२औँ पटक सत्याग्रह थाल्ने नतिजा देखिनेगरी जिम्मेवार भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन दुई वर्षको वाचा, साढे पाँच वर्षको पर्खाइ, अधुरै छन् आधारभूत अस्पताल एमालेले बागमती प्रदेश सरकारलाई दिएको समर्थन लियो फिर्ता तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक वैदेशिक रोजगारीः ठगीको अभियोगमा चार जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सबैले एक–अर्काको विचारको सम्मान गरौं – पूर्व नवयुवराज हृदयेन्द्र



अ+ अ-

पूर्व नवयुवराज हृदयेन्द्र शाह यतिबेला चर्चामा छन् । खासगरी अभिनेत्री सुरक्षा पन्तले एक टेलिभिजन कार्यक्रममा हृदयेन्द्रका बारेमा दिएको अभिव्यक्तिलाई लिएर पक्ष र विपक्षमा सामाजिक सञ्जालमा बहस चुलिएको थियो ।

अभिनेत्री पन्तले नेपालमा अहिले राजतन्त्र नरहेको अवस्थामा हृदयेन्द्रले कलाकारिता पनि रोज्न सक्ने अभिव्यक्ति दिएकी थिइन् । यो अभिव्यक्ति लगत्तै उनीमाथि खासगरी राजसंस्थावादीहरुले हृदयेन्द्रका सम्बन्धमा मजाक गरेको भन्दै व्यापक आलोचना गर्नुका साथै पन्तले खेलेका चलचित्र बहिस्कार गर्नेसम्मको आह्वान गरेका थिए ।

त्यस लगत्तै पन्तको बचाउमा उत्रिएका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि पूर्व नवयुवराज हृदयेन्द्रलाई नै लक्षित गरी राजा हुने सपना नदेख्न चेतावनी दिएका थिए ।

विदेशमा अध्ययनकै क्रममा रहेका हृदयेन्द्र यो विवादमा प्रत्यक्ष जोडिएका थिएनन् । तथापि उनले सामाजिक संजाल इन्स्टाग्राममा एक पोस्ट गरेर आफू यो मामिलाबाट टाढा रहेको बताएका छन् ।

उनले भनेका छन्, “हामी सबैलाई आफ्ना विचार खुला रुपमा व्यक्त गर्ने अधिकार छ, र सबैले एक– अर्काको विचारको सम्मान गर्नुपर्छ । दयालुता फैलाऔं । नेपालीहरुले एक–अर्कालाई सहयोग गर्नुपर्छ, नकि तल झार्न ।”