२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

सबैले एक–अर्काको विचारको सम्मान गरौं – पूर्व नवयुवराज हृदयेन्द्र



अ+ अ-

पूर्व नवयुवराज हृदयेन्द्र शाह यतिबेला चर्चामा छन् । खासगरी अभिनेत्री सुरक्षा पन्तले एक टेलिभिजन कार्यक्रममा हृदयेन्द्रका बारेमा दिएको अभिव्यक्तिलाई लिएर पक्ष र विपक्षमा सामाजिक सञ्जालमा बहस चुलिएको थियो ।

अभिनेत्री पन्तले नेपालमा अहिले राजतन्त्र नरहेको अवस्थामा हृदयेन्द्रले कलाकारिता पनि रोज्न सक्ने अभिव्यक्ति दिएकी थिइन् । यो अभिव्यक्ति लगत्तै उनीमाथि खासगरी राजसंस्थावादीहरुले हृदयेन्द्रका सम्बन्धमा मजाक गरेको भन्दै व्यापक आलोचना गर्नुका साथै पन्तले खेलेका चलचित्र बहिस्कार गर्नेसम्मको आह्वान गरेका थिए ।

त्यस लगत्तै पन्तको बचाउमा उत्रिएका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि पूर्व नवयुवराज हृदयेन्द्रलाई नै लक्षित गरी राजा हुने सपना नदेख्न चेतावनी दिएका थिए ।

विदेशमा अध्ययनकै क्रममा रहेका हृदयेन्द्र यो विवादमा प्रत्यक्ष जोडिएका थिएनन् । तथापि उनले सामाजिक संजाल इन्स्टाग्राममा एक पोस्ट गरेर आफू यो मामिलाबाट टाढा रहेको बताएका छन् ।

उनले भनेका छन्, “हामी सबैलाई आफ्ना विचार खुला रुपमा व्यक्त गर्ने अधिकार छ, र सबैले एक– अर्काको विचारको सम्मान गर्नुपर्छ । दयालुता फैलाऔं । नेपालीहरुले एक–अर्कालाई सहयोग गर्नुपर्छ, नकि तल झार्न ।”