५ भाद्र २०८३, शुक्रबार
,
Latest
सवारी दुर्घटनामा दुई जनाको मृत्यु सोमालियाका बालबालिका सहायता कटौतीबाट गम्भीररूपमा प्रभावितः संयुक्त राष्ट्रसङ्घ गान्धीद्वारा लेखिएका ‘नोट’ हरू एक करोड ७० लाख डलरमा बिक्री सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार जना भारतीय पक्राउ उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कारलाई निरन्तरता दिँदै रुपन्देही महासङ्घ पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता भोलिदेखि ८ हजारभन्दा बढी फोटोबीच मिथुन कुँवर बने नेपालिज इन फोटोग्राफीको ग्रान्ड प्राइज विजेता चलचित्र ‘बुकी’को ‘तनमनमा भलिबल’ गीत सार्वजनिक राष्ट्रपति ट्रम्पद्वारा गाईको मासुको आयातमा ९० दिनका लागि भन्सार छुट बाँदर धपाउने क्रममा लडेर एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रमुख शाहसँग नेपालका लागि जापानका राजदूत तोरुको शिष्टाचार भेट



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)सँग नेपालका लागि जापानका राजदूत मायादा तोरुले शिष्टाचार भेट गर्नुभएको छ । बुधबार प्रमुख शाहको कार्यकक्षमा भेटघाट भएको हो ।

भेटमा सहरी विकास निर्माण, विकास व्यवस्थापन र सुविधा वितरणका आपसी अभ्यास र सिकाइका विषयमा कुराकानी भएको थियो । कुराकानीका क्रममा प्रमुख शाहले, काठमाडौँको सांस्कृतिक पहिचान अद्वितीय रहेको उल्लेख गर्नुभयो । सांस्कृतिक मूर्त सम्पदा र मौलिक खानेकुरासँग सामाजिक तथा सांस्कृतिक जीवनको सम्बन्धका विषयमा जानकारी गराउनुभयो ।

राजदूत तोरुले, काठमाडौँ र जापानका सहरहरुका बिचमा सहरी आचरण सम्बन्धी आपसी ज्ञान र सिप आदानप्रदानको प्रशस्त सम्भावना रहेको उल्लेख गर्नुभयो ।