६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यक्ष दाहालद्वारा अन्तरराष्ट्रिय श्रमिक दिवसको शुभकामना



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लेअन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण श्रमजीवी दिदीबहिनी, दाजुभाइ तथा आमाबुबाहरूमा सुख, शान्ति र समृद्धिसहित उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा पूर्वप्रधानमन्त्री दाहालले आज जारी गर्नुभएको शुभकामना सन्देशमा नेपालसहित विश्वका सम्पूर्ण श्रमजीवी वर्गमा ऐक्यबद्धता प्रकट गर्नुभएको छ ।

मुलुकमा श्रमजीवी जनसमुदायले आफ्नो अधिकारका निमित्त गरेका सङ्घर्ष र बलिदानको स्मरण गर्दै सन्देशमा उहाँले त्यसको परिणामस्वरुप आज देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था कायम भएको बताउनुभएको छ ।

सन्देशमा उहाँले “सुशासन, सामाजिक न्याय र समृद्धिको आकांक्षासहित मुलुकलाई अघि बढाउनु आजको कार्यभार हो । आर्थिक समृद्धिसहितको नेपाली विशिष्टताको समाजवादी कार्यदिशाका साथ अघि बढ्नु आजका दिनमा नेपाली श्रमजीवी वर्गको आफ्नो मौलिक पहिचान हो”, भन्नुभएको छ ।

आठ घण्टा कार्यदिनको मागसहित आफ्ना अधिकारका निमित्त अमेरिकाको शिकागो सहरका मजदूरहरुले गरेको सङ्घर्षलाई स्मरण गर्दै नेपाललगायत विश्वभरका मजदूरहरुले १ मईलाई अन्तरराष्ट्रिय श्रमिक दिवसका रुपमा मनाउँदै आएका छन् । रासस