१ आश्विन २०८३, बिहीबार
,
Latest
विपद्का कारण सम्पत्ति विवरण पेश गर्न नसकेका कर्मचारीलाई ३० दिन म्याद थप वैदेशिक रोजगारीलाई बाध्यताबाट विकल्पमा बदल्ने सरकारको योजना, इटहरीमा सात दिने सीप तथा रोजगार मेला भोटेकोशी बाढीमा बेपत्ता कर्मचारी/कामदारको परिवारलाई प्राधिकरणले ल्यायो राहत प्याकेज फिफाको निलम्बन नफुके सोमबारदेखि नियमित गतिविधि सञ्चालन गर्ने एन्फाको चेतावनी सरकार राज्य सञ्चालनदेखि कृषि क्षेत्रसम्म असफल हुँदै गयो : सांसद भाट २०८३ को भैरव पुरस्कार आर.सी. रिजाललाई, प्रतिभा पुरस्कार चापागाईंलाई ग्सासको मूल्य प्रतिसिलिण्डर दुई हजार ६० मात्र लिन सङ्घको आग्रह राष्ट्रिय सेवा दल विधेयकसम्बन्धी राज्य व्यवस्था समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश महाधिवेशन एकतावद्ध रूपमा सम्पन्न गर्न आवश्यक लचकता अपनाउन तयार छु : गगन थापा बागमती प्रदेश सरकारले ल्यायो ‘हेलो सिएम’ सेवा, अब सोझै मुख्यमन्त्रीलाई समस्या राख्न सकिने 
तपाईं के खोज्दै हुनुहुन्छ ?

सशस्त्रका पूर्व डिआईजी कोइराला जेलमुक्त



फाईल फोटो
अ+ अ-

काठमाडौं । पत्नी हत्याको अभियोगमा जेल परेका सशस्त्र प्रहरी बलका पूर्व डिआजी रञ्जन कोइराला थुना मुक्त भएका छन् ।  

पत्नी हत्याको अभियोगमा जन्मकैदको सँजाय काटिरहेका कोइरालाको मुद्धामा सर्वोच्च अदालतले गत असार १५ गते ८ बर्ष ६ महिना मात्रै थुना बसे पुग्ने भन्दै थुनामुक्तको आदेश दिएपछि उनी विहिबार बिहान थुना मुक्त भएका हुन् । उनलाई जिल्ला र पुनरावेदन अदालतले जन्म कैद अर्थात् २० बर्षको कैद सँजाय को फैसला गरेको थियोृ । तर प्रधानन्यायधीश चोलेन्द्रशमशेर जबरा र न्यायधीश तेज बहादुर केसीको इजलासले उनी साढे ८ बर्ष जेल बसे पुग्ने फैसला गरेको हो । फैसलामा कोइरालाले श्रीमतीलाई तत्काल आवेशमा आई हत्या गरेको देखिएकाले र गीताको मृत्युपछि दुई छोराको हेरचाह, संरक्षा र शिक्षादीक्षामा दूरगामी प्रभाव पर्न जाने हुँदा सजाय घटाईएको उल्लेख छ । सर्वोच्चले कोइरालालाई कर्तव्य गरेको भन्दै पुनरावेदन अदालत पाटन कै सँजाय सदर गरेको छ । सर्वोच्चको फैसलामा भनिएको छ “निजको मृत्यु पश्चात नाबालक छोराहरुको हेरचाह, संरक्षण एवं शिक्षादीक्षा लगायतका कार्यहरु अभिभावक विहीनताको कारणले अनिश्चय र अन्यौलता हुन गई उनीहरुको हितमा समेत दूरगामाी प्रभाव पर्न जाने कारणले उपरोक्त सजाय गर्दा चर्को पर्न जाने लागेको हुँदा पुनरावेदक प्रतिवादीलाई साबिक मुलुकी ऐन को महल १८८ तथा हामलको प्रचलित फौजदारी कसुर एैन, २०७४ को दफा १७ क बमोजिम ८ बर्ष ६ महिना कैद  सजाय गर्ना पनि सजायको मक्सद  वपुरा हुने देखिएकाले पुनरावेदक प्रतिवादी रञ्जनप्रसाद कोइरालालाई ८ बर्ष ६ महिना कैद हुने ठहर्छ । ”

२०६८ पुस २७ गते रञ्जनले पत्नी गीताको हत्या गरी मकवानपुरको टिस्टुङ जंगलमा लगेर जलाएका थिए । माघ ७ गते उनी फेरी शबको अवस्था बुझ्न टिस्टुङ पुगेपछि उनको अपराध पत्ता लागेको थियो। उनलाई ०६८ साल माघ ८ गते रञ्जनलाई नारायणगढबाट काठमाण्डौ आउदै गर्दा थानकोटबाट प्रहरीले नियन्त्रणमा लिएर मद्धा चलाएको थियो ।