१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय News Polar मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी News Polar पार्टीमा अनुशासन कडाइका साथ लागू हुन्छ : अध्यक्ष ओली News Polar तरकारीखेतीले फेरिएको जीवन News Polar प्रतिरक्षा विश्वविद्यालय नेपाली सेनाको मात्र विश्वविद्यालय होइनः कानुनमन्त्री गौतम News Polar नेप्से परिसूचक ९ अङ्कले घट्यो News Polar असोज १७ देखि तीन दिन भीषण वर्षा हुने खबर भ्रामक : मौसम विभाग News Polar हिमालमा जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति सभापतिमा पराजुलीको एकल उम्मेदवारी News Polar विदेशी सम्बन्धन प्राप्त शैक्षिक संस्थाका बारेमा अनावश्यक भ्रम नफैलाउन आईप्यानको आग्रह News Polar नेपाल–चीन सीमा नाकाका अवरोध हटाउन दुवै पक्षबीच गम्भीर संवाद News Polar मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु News Polar बाढीले सुस्ता पुर्‍याएको गैँडा उद्धार गरी चितवन ल्याइँदै News Polar काठमाडौँ महानगरले सामुदायिक विद्यालय, वडा कार्यालय र स्वास्थ्य केन्द्रको पानी परीक्षण गर्ने News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सैन्य तालिम केन्द्र होइन : मन्त्री गौतम News Polar मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती

भोजपुर गोल्डकपः चर्च ब्वाइज सेमिफाइनलमा

भोजपुर गोल्डकपः चर्च ब्वाइज सेमिफाइनलमा
अ अ+ अ-

भोजपुर। आठौँ अन्तरराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको अन्तिम क्वाटर फाइनल खेलमा चर्च ब्वाइज युनाइटेड काठमाडौँ सेमिफाइनल प्रवेश गरेको छ ।

चर्च ब्वाइज र एलएक्स सिटी मोरङबीच भएको खेलमा निर्धारित समयमा दुवैतर्फबाट गोल हुन नसकेपछि खेललाई पेनाल्टी सुटआउटमा लगिएको थियो । पेनाल्टी सुटआउटमा पनि दुवैतर्फबाट बराबर तीन÷तीन गोल भएपछि खेल ‘सडनडेथ’मा धकेलियो । चर्च ब्वाइजका तर्फबाट एकराज बुढाथोकी, सामुएल सुनुवार, सुजन बलमपाकीले गोल गरे भने मोरङकातर्फबाट अभिषेक ठकुरी, छिरिङ तामाङ र नवयुग श्रेष्ठले गोल गरे ।

सडनडेथमा चर्च ब्वाइजका लाक्पा पाख्रिनले गरेको गोल नै निर्णायक बन्यो । प्रतियोगिताको म्यान अफ दी म्याच चर्च ब्वाइजका गोलरक्षक विवश चौधरी बने । प्रतियोगिताअन्तर्गत बिहीबारदेखि सेमिफाइनलका खेल हुनेछन् । पहिलो खेल सशस्त्र प्रहरी बल नेपाल (एपिएफ) र जर्जियन फुटबल क्लब भारतबीच हुनेछ भने शुक्रबारको खेल भगवती स्पोर्टस् क्लब खोटाङ र चर्च ब्वाइज युनाइटेड काठमाडौँबीच हुने आयोजक भोजपुर जिल्ला फुटबल सङ्घले जनाएको छ ।

रु ४९ लाख लागतमा भोजपुर नगरपालिका–७ स्थित रङ्गशालामा वैशाख १४ गतेदेखि २० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा छिमेकी भारतको जर्जियन फुटबल क्लब, आयोजक भोजपुर जिल्ला फुटबल सङ्घ, सलहेश फुटबल क्लब सिरहा, सशस्त्र प्रहरी बल नेपाल, भगवती स्पोर्टस् क्लब खोटाङ, नवोबुद्ध फुटबल क्लब सप्तरी, चर्च ब्वाइज युनाइटेड काठमाडाँै र एलएक्स सिटी मोरङगरी आठ टिमले सहभागिता जनाएका थिए ।

जिल्ला फुटबल सङ्घको आयोजना तथा भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा प्रत्येक वर्ष जिल्ला सदरमुकाममा सञ्चालन हुँदै आएको प्रतियोगिताका विजेता तथा उपविजेताले उपाधिसहित क्रमशः नगद रु पाँच लाख र रु तीन लाख पाउनेछन् । अन्य व्यक्तिगत विधातर्फ पनि सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षकलाई पुरस्कारको व्यवस्था गरिएकोे आयोजक भोजपुर जिल्ला फुटबल सङ्घका अध्यक्ष प्रविण सुवालले जानकारी दिनुभयो ।

प्रतियोगिताका लागि भोजपुर नगरपालिकाले रु ३० लाख सहयोग गरेको छ ।  गत वर्षको उपाधि चर्च ब्वाइज युनाइटेड, काठमाडौँले जितेको थियो । रासस