२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वनवयुवराज शाहलाई प्रधानमन्त्रीको सुझावः कला क्षेत्रमा लागे राम्रै हुन्छ



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वयुवराज पारस शाहका छोरा हृदयेन्द्र शाहलाई कला क्षेत्रमा लाग्न सुझाव दिनुभएको छ ।

राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालको ९ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई बुधवार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पूर्वनवयुवराज शाहलाई यस्तो सुझाव दिनुभएको हो । उहाँले राजा हुने सपना नदेख्न समेत चेतावनी दिनुभयो ।

केही दिनअघि अभिनेत्री सुरक्षा पन्तले एक टेलिभिजन अन्तर्वार्तामा पूर्वयुवराज शाहका छोरा हृदयेन्द्रलाई आकर्षक अनुहार भएको भन्दै फिल्म इन्डस्ट्रीमा आउन सुझाउनु भएको थियो । पन्तको उक्त भनाइलाई लिएर उनको आलोचना भइरहेको छ । प्रधानमन्त्री ओलीले स्वतन्त्र रूपमा आफ्नो विचार राख्दैमा कलाकारमाथि सामाजिक सञ्जालमा आक्रमण हुनु दुःखद् भएको बताउनु भयो । उहाँले सामाजमा बढेको विकृति चिर्नको लागि कला क्षेत्रले महत्वपूर्ण भुमिका खेल्नुपर्ने समेत बताउनु भयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘सुरक्षा पन्तजस्तो एउटा कलाकारले कति राम्रो भन्नुभएको छ हेर्नुस् त राम्रो अनुहार छ कला क्षेत्रमा आए हुन्छ । रिसाउनु र गाली गर्नुपर्ने के छ त्यसमा ? त्यति राम्रो भनेको छ । म पनि सुझाव दिन्छु, ति बाबु सिकेर कला क्षेत्रमा आएभने राम्रै हुन्छ । अब राजा हुने सपना देखे भने सपनै सपनामा जिन्दगी जान्छ । त्यसैले यो गलत बाटो केही मान्छे कराएर सही बाटो हुने होइन ।’ 

कलाकारलाई बहिस्कार गर्दा केही फरक नपर्ने भन्दै उहाँले आफ्नो काममा लागिरहन आग्रह समेत गर्नुभयो । —न्युज एजेन्सी नेपाल