२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत, प्रतिव्यक्ति आय १ हजार ५ सय १७ हुने अनुमान



अ+ अ-

काठमाडौं: चालु आर्थिक वर्ष २०८१/८२ मा नेपालको अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब पुग्ने प्रारम्भिक अनुमान गरिएको छ ।

बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक वर्ष ०८१/८२ को राष्ट्रिय लेखा अनुमान सार्वजनिक हो । कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा अर्थतन्त्रको आकार ५७  खर्ब ९ अर्ब रहेको संशोधित अनुमान तथा आर्थिक वर्ष २०७९/८० मा अर्थतन्त्रको आकार ५३ खर्ब ६७ अर्ब रहेको विवरण समेत सार्वजनिक गरेको छ । यस्तै चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ४ दशमलव ६१ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । चालु आर्थिक वर्षमा कृषि क्षेत्रको ३ दशमलव २८ प्रतिशत र गैर कृषि क्षेत्रको ४ दशमलव २८ प्रतिशत वृद्धिदर हुने प्रारम्भिक अनुमान गरिएको छ ।

चालु आर्थिक वर्षमा प्राथमिक, द्वितीय तथा सेवा क्षेत्रको वृद्धिदर क्रमशः ३  दशमलव २५ प्रतिशत, ४ दशमलव ६५ प्रतिशत र ४ दशमलव २१ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ भने प्राथमिक, द्वितीय तथा सेवा क्षेत्रले कुल गार्हस्थ्य उत्पादनमा क्रमशः २५ दशमलव ६ प्रतिशत, १२ दशमलव ४ प्रतिशत र ६२ दशमलव ० प्रतिशत योगदान पु¥याउने प्रारम्भिक अनुमान गरिएको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ ।

तथ्याङ्क कार्यालयले १८ किसिमका आर्थिक क्रियाकलापमा वर्गीकरण गरी राष्ट्रिय लेखाका अनुमान प्रकाशन गरिएको छ । जसमध्ये चालु आर्थिक वर्षमा कुल मूल्य अभिवृद्धिको सबैभन्दा धेरै वृद्धिदर १३ दशमलव ८२ प्रतिशत विद्युत तथा ग्याँस क्षेत्रको हुने प्रारम्भिक अनुमान गरिएको छ । यस क्षेत्रलाई ९ दशमलव ४३ प्रतिशतले पछ्याएर यातायात तथा भण्डार क्षेत्रले दोस्रो धेरै वृद्धि गर्ने क्षेत्रको रूपमा रहेको छ । यस्तै, शिक्षा १ दशमलव ९८ प्रतिशत र खानी तथा उत्खनन क्षेत्रको वृद्धि १ दशमलव ९९ प्रतिशतले तुलनात्मक रूपमा सबैभन्दा कम रहने अनुमान गरिएको छ ।
कुल गार्हस्थ्य उत्पादनमा यस वर्ष कृषि, वन तथा मत्स्य क्षेत्र २५ दशमलव १६ प्रतिशत, व्यापार क्षेत्र १४ दशमलव ५५ प्रतिशतले योगदान गर्ने अनुमान गरिएको छ । अर्कोतर्फ, पानी आपूर्ति, ढल, फोहोर व्यवस्थापनले ० दशमलव ४२ प्रतिशत र खानी तथा उत्खनन क्षेत्रले ० दशमलव ४६ प्रतिशत तुलनात्मक रूपमा सबैभन्दा थोरै योगदान गर्ने क्रियाकलाप रहेको कार्यालयले जनाएको छ ।

यस्तै चालु आर्थिक वर्षमा आधारभुत मूल्यको कुल उत्पादन ९२ खर्ब ४६ अर्ब ५५ करोड, मध्यवर्ती उपभोग ३८ खर्ब ६६ अर्ब ९६ करोड र जिडिपीको २४ दशमलव ०७ प्रतिशत कुल स्थिर पुँजी निर्माण हुने अनुमान गरिएको छ । त्यस्तै जिडिपीको ९३ दशमलव ४५ प्रतिशत अन्तिम उपभोग खर्च, ८ दशमलव ७४ प्रतिशतको वस्तु तथा सेवा निर्यात, ३३ दशमलव २३ प्रतिशत वस्तु तथा सेवा आयात हुने अनुमान गरिएको छ । चालु आर्थिक वर्षमा ३६ दशमलव २४ प्रतिशत कुल राष्ट्रिय वचत हुने प्रारम्भिक अनुमान गरिएको छ भने वैदेशिक रोजगारबाट २५ दशमलव ८९ प्रतिशत विप्रेषण प्राप्त हुने प्रारम्भिक अनुमान गरिएको छ । साथै, प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन एक हजार ४ सय ९६ अमेरिकी डलर हुने अनुमान गरिएको छ भने प्रतिव्यक्ति कुल राष्ट्रिय आय एक हजार ५ सय १७ हुने अनुमान गरिएको तथ्याङ्क कार्यालयले जनाएको छ ।– न्युज एजेन्सी नेपाल