८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar अत्यधिक वर्षाको सम्भावनापछि ट्रक व्यवसायीलाई सतर्क रहन महासंघको आग्रह News Polar भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द News Polar ईश्वर पोखरेलसहित सात नेता एमालेको स्थायी कमिटीमा News Polar एमालेले विद्या भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाउने प्रस्ताव News Polar ओलीको राजनीतिक प्रतिवेदन तल्लो तहसम्म संप्रेषण गर्ने एमालेको निर्णय News Polar नामियाद्वारा भोटेकोशी बाढीपीडितका दोस्रो चरणको सहयोग कोषको खातामा News Polar केयूका संस्थापक उपकुलपति शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि News Polar ताप्लेजुङको दोभान बजारमा विद्युत् सर्ट हुँदा ७ घर जलेर नष्ट News Polar नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर News Polar इन्द्रजात्राको सम्पूर्ण गतिविधि गल्ली म्यापबाट लिन सकिने News Polar प्याब्सनद्वारा भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि २० करोड ८९ लाख राहत सहयोग News Polar भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्गमा राति ९ घण्टा सवारी आवागमन बन्द News Polar भाषाविद् डा बन्धु सम्मानित News Polar दलितको समुदायको अधिकार तथा विकाससम्बन्धी छुट्टै कानून निर्माण गर्दै सरकारः वर्गविहीन र जातविहीन समाज निर्माणमा सांसदहरुको जोड News Polar विष्टले उठाए सरकारको सुशासनमाथि प्रश्न, भ्रष्टाचार छानबिनदेखि बाढीपीडितलाई राहतसम्म माग News Polar सांसद शेर्पाको आक्रोशः ‘ब्युरोक्रेसीलाई विदेश भ्रमणको हतार, पीडितलाई ६ महिनासम्म पनि रिपोर्ट छैन’ News Polar प्रतिनिधिसभा बैठक : निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक, २०८३ प्रस्तुत News Polar विपद्मा परेका बालबालिकाका लागि दीर्घकालीन स्याहार योजना ल्याइने News Polar अविरल वर्षासँगै सतर्क रहन मौसमविद्को आग्रह News Polar सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो

मिसेस नेपाल अस्ट्रेलिया हुदै-आवेदन फारम खुल्ला

मिसेस नेपाल अस्ट्रेलिया हुदै-आवेदन फारम खुल्ला
अ+ अ-

अस्ट्रेलिया: हिमाली कल्चरग्रुप मेलवन अस्ट्रेलियाको आयोजना, इभेन्ट्स नेपाल अस्ट्रेलियाको साझेदारीमा विवाहीत महिलाहरुमा केन्द्रित “मिसेस नेपाल अस्ट्रेलिया ” आयोजना गर्ने भएको छ । उक्त कार्यक्रमको लागि आवेदन पनि खुल्ला भइसकेको छ ।

विबाहित महिलाहरुको सहभागीता लाइ ध्यानमा राखि हिमाली कल्चरग्रुप मेलवर्नले यो कार्यक्रम पहिलो पटक गर्न लागेको हो । महिलाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, वाक कला तथा नेतृत्वदायी क्षमताको विकास साथै त्यसको आवश्यकताको महसुस गरी सोही अनुरुप त्यसको उपयोगिताबारे मार्ग निर्देशन दिंदै अन्तर्राष्ट्रिय क्षेत्रमा एउटा सक्षम महिला र जिम्मेवार व्यक्तिको रुपमा अगाडि बढाउनका साथै नेपालको पर्यटनक्षेत्रमा सहयोग गर्ने हेतुले यो कार्यक्रमलाई विस्तार गरिन लागिएको हो ।

विगत दश वर्ष देखि अस्टेलियामा रहेर नेपाल र नेपाली समाजको लागि विभिन्न सामाजिक सांस्कृतीक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु गर्दै आएको हिमाली कल्चरग्रुपले यस वर्ष देखि निरन्तर रुपमा इभेन्ट्स नेपाल अस्ट्रेलियाको साझेदारीमा यो प्रतियोगितात्मक कार्यक्रम गर्न लागेको हो । यो कार्यक्रममा नेपालबाट अस्टेलिया आएर अस्ट्रेलिया भर विभिन्न पेशा व्यवसायीको रुपमा काम गरि रहनु भएका विबाहीत महिलाहरु सहभागी हुन पाउनु हुनेछ । यस कार्यक्रममा ३० जना प्रतियोगी समावेश गराइने छ ।

उक्त प्रक्रियावाट छनौट भएका प्रतियोगीहरुलाई प्रशिक्षणको क्रममा शारारिक फिटनेश, जुम्वा, एरोविक्स, सेल्फ डिफेन्स, सेल्फ मेकअप, फोटो सेसन,टेवल म्यानर, व्यक्तित्व विकास सम्वन्धी पनि प्रशिक्षण, हिड्न बोल्न साथै प्रश्न उत्तर सिकाइने छ । स्टेज पर्फमेन्स क्याटवाक आदि लगायतका विद्यामा भने अन्तर्राष्ट्रिय कोरियोग्राफर रोजीन
शाक्यले प्रशिक्षण गर्नु हुनेछ ।

साथै नेपालमा विगत १६ बर्षदेखि निरन्तरुपमा विभिन्न कार्यक्रमहरु सन्चालन तथा आयोजना गर्दै आइ रहेको सिजन मिडियाले व्यवस्थापन गर्ने छ । उक्त कार्यक्रममा नेपाली कलाकार, पत्रकार ,समाज सेवी तथा विशिष्ट व्यक्तिहरुको सहभागी रहने छ ।

प्रतियोगिताका विजेताहरुले “मिसेस नेपाल अस्ट्रेलिया २०२५”को उपाधी सहित नेपालको पर्यटन क्षेत्रको प्रचारप्रसारको लागि ब्राण्ड एम्बेसडर, साथै नेपाल भ्रमणको गिफ्ट प्याकेज साथै अन्य २ जना विजेताहरुलाई बालि भ्रमणको लागि हवाई टिकटहरु प्रदान गरिने छ भने लेटमिइन कोरीयन स्कीन हस्पिटल नेपालको तर्फवाट ५० हजार बराबरको गिफ्ट भौचर प्रदान गरिने छ । यस बाहेक अन्य उपहारहरु पनि प्रदान गरिने छ साथै अन्य विभिन्न १५ विधामा पनि उपविजेता छनौट गरिनेछ । विजेतालाई विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगीतामा सहभागी गराइने छ ।