५ भाद्र २०८३, शुक्रबार
,
Latest
सवारी दुर्घटनामा दुई जनाको मृत्यु सोमालियाका बालबालिका सहायता कटौतीबाट गम्भीररूपमा प्रभावितः संयुक्त राष्ट्रसङ्घ गान्धीद्वारा लेखिएका ‘नोट’ हरू एक करोड ७० लाख डलरमा बिक्री सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार जना भारतीय पक्राउ उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कारलाई निरन्तरता दिँदै रुपन्देही महासङ्घ पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता भोलिदेखि ८ हजारभन्दा बढी फोटोबीच मिथुन कुँवर बने नेपालिज इन फोटोग्राफीको ग्रान्ड प्राइज विजेता चलचित्र ‘बुकी’को ‘तनमनमा भलिबल’ गीत सार्वजनिक राष्ट्रपति ट्रम्पद्वारा गाईको मासुको आयातमा ९० दिनका लागि भन्सार छुट बाँदर धपाउने क्रममा लडेर एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘सान्दाजु’ बजारमा



अ+ अ-

काठमाडौं । नेपाली साहित्यका मूर्धन्य साहित्यकार, नेपाल सरकारका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली राजनीतिका सर्वाधिक चर्चित राजनीतिज्ञ वी.पी. कोइरालाको देहावसानको करिब त्रिचालिस वर्ष व्यतीत भइसकेपछि उनको जीवनकथामा आधारित प्रथम ऐतिहासिक उपन्यास ‘सान्दाजु’ प्रकाशित भएको छ ।

स्रष्टा सुभाष घिमिरेद्वारा लिखित ३१५ पृष्ठको उपन्यास ‘सान्दाजु’ प्रकाशित भएको हो।

घिमिरेद्वारा अमेरिका अनुभूति (२०७९) डायरी, मौन विद्रोह (२०८०) उपन्यास र द साइलेन्ट रिबेलियन (२०८०) अङ्ग्रेजी उपन्यासका प्रकासित भैसकेको छ। उनले वीपी कोइरालाको अदालती बयानलाई नेपालीबाट अङ्ग्रेजी भाषामा अनुवाद पनि गरेका छन् । त्यसबाहेक लेखक घिमिरेद्वारा अनुवादित अन्य पुस्तकहरू पनि प्रकाशित भएका छन् ।

‘सान्दाजु’ स्व. वी.पी. कोइरालाको जीवनकथामा आधारित उपन्यास हो । वी.पी. कोइरालाका विचारहरू, जीवनसंघर्ष, समर्पण, त्याग, बलिदान र जीवनका चुनौतीपूर्ण घडीहरूमा उनले प्रदर्शन गरेको साहसलाई यस उपन्यासमा कलात्मक तरिकाले प्रस्तुत गरिएको छ । संयुक्त राज्य अमेरिकाबाट शिक्षा शास्त्रमा स्नातकोत्तर तहको अध्ययन पूरा गरेका सर्जक घिमिरेले नेपालबाट कृषि विज्ञानमा स्नातक गरेका छन् ।

सुन्दर स्वदेश पब्लिकेशनबाट प्रकाशित पुस्तकको मूल्य रू. ६५०/- छ । पुस्तक रत्न पुस्तक भण्डार, काठमाडौं, सम्पूर्ण किताब नारायणगढ, हिमालयन रिडर्स कर्नर पोखरा लगायत देशभरका विभिन्न स्थानहरूबाट बिक्री भइरहेको छ ।