२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहिद र बेपत्ता व्यक्तिका परिवारका मागलाई पार्टीले गम्भीरतापूर्वक लिएको छः अध्यक्ष दाहाल



अ+ अ-

कैलाली। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहिद र बेपत्ता भएका परिवारका मागलाई पार्टीले गम्भीरतापूर्वक लिएको बताउनुभएको छ ।

आज धनगढी उपमहानगरपालिका–१८ फूलबारी डिपो बजारमा आयोजित सहिद परिवारहरूसँग भेटघाट तथा अन्तक्र्रिया कार्यक्रममा उहाँले सशस्त्र युद्ध सफल पार्न सहिद एवं बेपत्ता भएका व्यक्तिको महत्वपूर्ण योगदान रहेको स्मरण गर्नुभयो ।

अध्यक्ष दाहालले पार्टीको केन्द्रीय समितिको निर्णयअनुसार हाल देशभर सहिद तथा बेपत्ता परिवारहरूसँग संवाद र भेटघाट गरी समस्या बुझ्ने काम भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले तपाईंहरूका पीडा बिर्सेका छैनौँ, बिर्सने पनि छैनौँ । म प्रधानमन्त्री हुँदा जनयुद्धलाई राष्ट्रिय दिवसको रूपमा घोषणा गरेका थियौँ । यो सहिद, बेपत्ता र परिवर्तनका लागि योगदान दिने सबैको सम्मानको विषय हो ।”

कार्यक्रममा सहिद परिवारका तर्फबाट ज्ञापनपत्र बुझ्दै अध्यक्ष दाहालले सहिद र बेपत्ता परिवारको मागलाई उच्च प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । “समस्या जहाँ हुन्छ, त्यस समाधान पनि हुन्छ, सोहीअनुसार यहाँहरूले राखेका माग सम्बोधनको प्रयास गर्नेछौँ, नसके केन्द्रमा पु¥याएर अगाडि बढाउनेछौँ”, उहाँले भन्नुयो ।

अध्यक्ष दाहालले द्वन्द्वमा भएका घटनाको निकाश दिन सत्य निरूपण तथा मेलमिलापसम्बन्धी विधेयक अन्तिम चरणमा पुगेको, आयोगमा पदाधिकारी नियुक्तिका लागि सिफारिस समिति बनेको र त्यसकै आधारमा बाँकी  प्रक्रियाले गति लिने धारणा राख्नुभयो । उहाँले आयोग बनेपछि राज्यले सहिद तथा बेपत्ताका नाममा प्रमाणिक मान्यता दिने, प्रमाणपत्र वितरणलगायत सहिदहरूको सम्मान र स्मृतिका लागि आवश्यक काम गरिने बताउनुभयो ।

सहिद र बेपत्ता भएका परिवारका कम्तीमा एक जनालाई रोजगारी दिने, सार्वजनिक यातायातमा छुट दिने र परिपूरण सुनिश्चित गर्ने कानुनी व्यवस्था विधेयकमै रहेको अध्यक्ष दाहालको भनाइ थियो । रासस