२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी
तपाईं के खोज्दै हुनुहुन्छ ?

निराशाको खेतीले राष्ट्रलाई कमजोर बनाउँछः पर्यटनमन्त्री पाण्डे



अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले अहिले आशाभन्दा बढी निराशाको संप्रेषण भइरहेको बताउनुभएको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले निराशाको खेतीले राष्ट्र र समाजलाई कमजोर बनाउने बताउनुभएको हो । उहाँले यस प्रकारका प्रचारबाजीले सबैलाई खलपात्रका रुपमा चित्रण गरिरहँदा युवाहरुको जमातमा नकारात्मक प्रभाव पर्ने र मुलुक बन्दैन भनेर विदेश पलायन हुने अवस्था बढ्ने र झन मुलुक निर्माणमा समस्या थपिने बताउनु भयो । मन्त्री पाण्डेले सबै राजनीति र सामाजिक क्षेत्रमा स्वच्छ मानिसहरुको खोजी भइरहेको र अब गुणस्तरीय काम गर्नुपर्ने अवस्था रहेको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘समाजमा अहिले आशा भन्दा बढी निराशाको खेती भइरहेको जस्तो देखिएको छ । यसले हाम्रो राष्ट्र र समाजलाई कमजोर बनाइरहेको छ । हामी प्रौढ अवस्थामा प्रवेश गरिसकेकाहरु पनि कुरा गर्छौं यो देश बन्दै बन्दैन जे भइरहेको छ सबै नराम्रो भइरहेको छ र जति छौं हामी सबै खलपात्रको रुपमा छौं भनेर चित्रण गर्न थाल्ने हो भने भर्खर किशोरावस्थामा प्रवेश गरेकाहरु यो देश बन्दैन भनेर भाग्न खोज्छन्, पलायन हुन खोज्छन् । त्यसो हो भने त झन यो देश बन्दै बन्दैन ।’

उहाँले मुलुक संघीयतामा गएपनि बजेट बनाउने समयमा भने वडादेखि पालिकासम्मका योजना मन्त्रालयमै आउने भएकाले जटिलता कायमै रहेको बताउनु भयो ।