३ पुष २०८२, बिहीबार
,
Latest
एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

निराशाको खेतीले राष्ट्रलाई कमजोर बनाउँछः पर्यटनमन्त्री पाण्डे



अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले अहिले आशाभन्दा बढी निराशाको संप्रेषण भइरहेको बताउनुभएको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले निराशाको खेतीले राष्ट्र र समाजलाई कमजोर बनाउने बताउनुभएको हो । उहाँले यस प्रकारका प्रचारबाजीले सबैलाई खलपात्रका रुपमा चित्रण गरिरहँदा युवाहरुको जमातमा नकारात्मक प्रभाव पर्ने र मुलुक बन्दैन भनेर विदेश पलायन हुने अवस्था बढ्ने र झन मुलुक निर्माणमा समस्या थपिने बताउनु भयो । मन्त्री पाण्डेले सबै राजनीति र सामाजिक क्षेत्रमा स्वच्छ मानिसहरुको खोजी भइरहेको र अब गुणस्तरीय काम गर्नुपर्ने अवस्था रहेको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘समाजमा अहिले आशा भन्दा बढी निराशाको खेती भइरहेको जस्तो देखिएको छ । यसले हाम्रो राष्ट्र र समाजलाई कमजोर बनाइरहेको छ । हामी प्रौढ अवस्थामा प्रवेश गरिसकेकाहरु पनि कुरा गर्छौं यो देश बन्दै बन्दैन जे भइरहेको छ सबै नराम्रो भइरहेको छ र जति छौं हामी सबै खलपात्रको रुपमा छौं भनेर चित्रण गर्न थाल्ने हो भने भर्खर किशोरावस्थामा प्रवेश गरेकाहरु यो देश बन्दैन भनेर भाग्न खोज्छन्, पलायन हुन खोज्छन् । त्यसो हो भने त झन यो देश बन्दै बन्दैन ।’

उहाँले मुलुक संघीयतामा गएपनि बजेट बनाउने समयमा भने वडादेखि पालिकासम्मका योजना मन्त्रालयमै आउने भएकाले जटिलता कायमै रहेको बताउनु भयो ।