६ जेष्ठ २०८२, मंगलवार
,
Latest
संसदमा सांसदको अभाव, बैठक स्थगित एसियन बेल्ट कुस्ती एलिस च्याम्पियनसिपमा सहभागी हुने टोलीको बिदाई जैमिनीमा बढ्दो बसाइँसराइः दुई वर्षमा एक हजार सात सय नौले गाउँ छाडे सरकारभन्दा व्यवस्थाको रक्षा माओवादीको प्राथमिकताः उपमहासचिव पुन नेप्से परिसूचक ४९ अङ्कले बढ्यो कपिलवस्तुको शुद्धोदन गाउँपालिका अध्यक्ष पक्राउ युक्रेनमा शान्ति नभए रूस विरुद्ध ‘कडा कारबाही’ गर्न अमेरिकालाई इयुको आग्रह गभर्नर नियुक्ति प्रक्रियाले चाँडै निकास पाउँछः प्रकाशशरण महत छिमेकी चीन नेपालको विश्वासिलो र भरपर्दो मित्र हो: परराष्ट्र सचिव राई तीन दशकमा पनि पूरा भएन वाग्मती स्वच्छ बनाउने जिम्मेवारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारत भ्रमण जाँदै गर्दा मुख्यमन्त्री साहले भनेः कुनै किसिमको आतंककारी गतिविधि नेपाललाई स्वीकार्य हुँदैन



अ+ अ-

काठमाडौँ । भारत सरकारको निमन्त्रणामा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर साह मंगलवार औपचारिक भ्रमणमा जानुभएको छ ।

भ्रमणमा जानुअघि सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री शाहले भ्रमणका क्रममा सुदूरपश्चिमसँग सीमा जोडिएका जिल्लाहरुमा संस्कृति, पर्यटन, व्यापारलगायतका विषयमा छलफल हुने भएपनि कुनै सम्झौता नहुने स्पष्ट पार्नुभयो । उहाँले सुदूरपश्चिम सरकारले आगामी असोजमा गर्न लागेको लगानी सम्मेलनका विषयमा भने छलफल हुने जानकारी दिनुभयो । उहाँले कश्मिरमा भएको आतंककारी हमलाको निन्दा गर्दै कुनैपनि किसिमको आतंककारी गतिविधि नेपाललाई स्वीकार्य नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘भर्खरै भारतमा भएको आतंककारी घटनाप्रति दुःख व्यक्त गर्न चाहन्छु । र कुनैपनि किसिमको आतंककारी गतिविधिमा विशेष गरी नेपाल, नेपाली सरकार, नेपाली जनता त्यो कुरा स्वीकार्न तयार छैन । यो सन्दर्भमा समग्र विश्व र भारत सरकारपनि यो दिशामा अगाडी बढेको महशुस गरेको छु । म मृतकहरुप्रति श्रद्धासुमन पनि व्यक्त गर्न चाहन्छु । र यस्ता घटनाहरु नहुनका लागि सबै सचेत हुनु जरुरी छ, सबै एकतावद्ध भएर अघि बढ्नु जरुरी छ । संघीय संरचना निर्माणपछि भारत सरकारले आमन्त्रण गरेको छ त्यसप्रति आभार व्यक्त गर्न चाहन्छु ।’

मुख्यमन्त्री शाहले नेपाल र भारतबीच घनिष्ट सम्बन्धका साथै ऐतिहासिक, धार्मिक र भौगोलिक सांस्कृतिक रुपमा पनि जोडिएकाले धेरै कुरा आदान प्रदानमा भ्रमण उपलब्धीमुलक हुने बताउनु भयो । प्रदेश सरकारलाई सम्झौता गर्ने अधिकार नरहेकाले भारत सरकारसँग कुनै सम्झौता नहुने पनि जानकारी गराउनु भयो । उहाँले भ्रमणका क्रममा स्थानीय सरकारबीचको सम्बन्ध सुधार हुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘प्रदेश सरकारलाई कुनैपनि आधिकारिक सम्झौता गर्ने अधिकार नभएको र भारत सरकारले नै तय गरेका कार्यक्रमहरुमा सहभागिता हुनेछ । व्यक्तिगत रुपमा आपूmपनि हिन्दु नै भएकोले यसमा धेरै कुराहरु जोड्नु आवश्यक छैन । उत्तराखण्ड र युपीसँग भौगोलिक रुपमा जोडिएकाले विशेष गर पर्यटन, कृषि विकासलगायतमा भारत सरकारको सहयोग छ अब यो भ्रमणले प्रदेश सरकार गरी स्थानीयबीच सम्बन्ध सुदृढ हुनेछ । सँगै भारतसँग लिन सकिने र आपूmहरुले दिन सकिने विषयमा छलफल हुनेछ ।’

भ्रमणका क्रममा राजनीतिक भेटवार्ता नहुने तर सरकार—सरकारबीच विभिन्न विषयमा छलफल हुने जानकारी दिनुभयो ।