१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित News Polar ‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’ News Polar चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु News Polar एसियाड टेनिस : शिभाली–स्वस्तिका जोडी पहिलो चरणमै पराजित News Polar पूर्वप्रधानन्यायाधीश जबरालाई मध्यरातमा नियन्त्रणमा लिएको भन्दै सांसद मल्लको आपत्ति News Polar व्यक्तिगत इगोका लागि राज्यसत्ताको दुरुपयोग भइरहेको छ : ज्ञानबहादुर शाही News Polar थेबेको आरोप– ‘राज्यकै नाममा गुण्डागर्दी भयो, सरकार अराजकता निम्त्याउँदैछ’ News Polar ६ महिनाको सुत्केरी बिदालाई कर्मचारी सुविधाका रूपमा मात्र हेर्न नहुने : मन्त्री मेहता News Polar बाढीपहिरोले २७ जलविद्युत आयोजना प्रभावित, करिब १ हजार मेगावाट उत्पादन प्रणालीबाट बाहिर News Polar काठमाडौं उपत्यकाबाहिर केन्द्रिय वधशाला बनाउन माग News Polar पशु वधशाला नभएका क्षेत्रमा तोकिएको स्थान र समयमा मात्र पशु वध गर्नुपर्ने News Polar सुक्खायाममा १ हजार १५४ मेगावाट विद्युत् भारतबाट आयात गर्ने प्राधिकरणको योजना News Polar वर्षा र बाढीपहिरोको कारण प्रभावित भएको विद्युत आपूर्ति मंगलवारसम्म देशभर सुचारु हुने News Polar मंसिर १ देखि काठमाडौं उपत्यकामा पशु वधशाला तथा मासु जाँच ऐन लागू गरिने News Polar मस्र्याङ्दीमा तत्काल ठूलो बाढीको जोखिम छैन News Polar हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता News Polar टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो News Polar साढे तीन महिनापछि सुकेटारमा हवाई उडान News Polar राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष

भारत भ्रमण जाँदै गर्दा मुख्यमन्त्री साहले भनेः कुनै किसिमको आतंककारी गतिविधि नेपाललाई स्वीकार्य हुँदैन

भारत भ्रमण जाँदै गर्दा मुख्यमन्त्री साहले भनेः कुनै किसिमको आतंककारी गतिविधि नेपाललाई स्वीकार्य हुँदैन
अ अ+ अ-

काठमाडौँ । भारत सरकारको निमन्त्रणामा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर साह मंगलवार औपचारिक भ्रमणमा जानुभएको छ ।

भ्रमणमा जानुअघि सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री शाहले भ्रमणका क्रममा सुदूरपश्चिमसँग सीमा जोडिएका जिल्लाहरुमा संस्कृति, पर्यटन, व्यापारलगायतका विषयमा छलफल हुने भएपनि कुनै सम्झौता नहुने स्पष्ट पार्नुभयो । उहाँले सुदूरपश्चिम सरकारले आगामी असोजमा गर्न लागेको लगानी सम्मेलनका विषयमा भने छलफल हुने जानकारी दिनुभयो । उहाँले कश्मिरमा भएको आतंककारी हमलाको निन्दा गर्दै कुनैपनि किसिमको आतंककारी गतिविधि नेपाललाई स्वीकार्य नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘भर्खरै भारतमा भएको आतंककारी घटनाप्रति दुःख व्यक्त गर्न चाहन्छु । र कुनैपनि किसिमको आतंककारी गतिविधिमा विशेष गरी नेपाल, नेपाली सरकार, नेपाली जनता त्यो कुरा स्वीकार्न तयार छैन । यो सन्दर्भमा समग्र विश्व र भारत सरकारपनि यो दिशामा अगाडी बढेको महशुस गरेको छु । म मृतकहरुप्रति श्रद्धासुमन पनि व्यक्त गर्न चाहन्छु । र यस्ता घटनाहरु नहुनका लागि सबै सचेत हुनु जरुरी छ, सबै एकतावद्ध भएर अघि बढ्नु जरुरी छ । संघीय संरचना निर्माणपछि भारत सरकारले आमन्त्रण गरेको छ त्यसप्रति आभार व्यक्त गर्न चाहन्छु ।’

मुख्यमन्त्री शाहले नेपाल र भारतबीच घनिष्ट सम्बन्धका साथै ऐतिहासिक, धार्मिक र भौगोलिक सांस्कृतिक रुपमा पनि जोडिएकाले धेरै कुरा आदान प्रदानमा भ्रमण उपलब्धीमुलक हुने बताउनु भयो । प्रदेश सरकारलाई सम्झौता गर्ने अधिकार नरहेकाले भारत सरकारसँग कुनै सम्झौता नहुने पनि जानकारी गराउनु भयो । उहाँले भ्रमणका क्रममा स्थानीय सरकारबीचको सम्बन्ध सुधार हुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘प्रदेश सरकारलाई कुनैपनि आधिकारिक सम्झौता गर्ने अधिकार नभएको र भारत सरकारले नै तय गरेका कार्यक्रमहरुमा सहभागिता हुनेछ । व्यक्तिगत रुपमा आपूmपनि हिन्दु नै भएकोले यसमा धेरै कुराहरु जोड्नु आवश्यक छैन । उत्तराखण्ड र युपीसँग भौगोलिक रुपमा जोडिएकाले विशेष गर पर्यटन, कृषि विकासलगायतमा भारत सरकारको सहयोग छ अब यो भ्रमणले प्रदेश सरकार गरी स्थानीयबीच सम्बन्ध सुदृढ हुनेछ । सँगै भारतसँग लिन सकिने र आपूmहरुले दिन सकिने विषयमा छलफल हुनेछ ।’

भ्रमणका क्रममा राजनीतिक भेटवार्ता नहुने तर सरकार—सरकारबीच विभिन्न विषयमा छलफल हुने जानकारी दिनुभयो ।