९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

दोस्रो उपत्यकाव्यापी गोदावरी मेयर कप शनिबारबाट हुँदै

दोस्रो उपत्यकाव्यापी गोदावरी मेयर कप शनिबारबाट हुँदै
अ अ+ अ-

ललितपुर । गोदावरी नगरपालिकाको आयोजनामा दोस्रो उपत्यकाव्यापी अन्तर पालिका गोदावरी मेयर कप फुटबल प्रतियोगिता शनिबारबाट सुरु हुने भएको छ ।

नगरपालिकाको वडा नं १० टाहाखेल–झ्यालुन्टारमा अवस्थित गोदावरी बहुउद्देश्यीय रंगशालाको झ्यालुन्टार खेल मैदानमा हुने प्रतियोगितामा उपत्यकाभित्रका विभिन्न पालिकाका टिमले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।

नगरपालिकाले आइतबार त्रिपुरेश्वरस्थित नेपाल खेलकुद पत्रकार मञ्चको कार्यालयमा पत्रकार सम्मेलन गर्दै आगामी शनिबारबाट प्रतियोगिताको दोस्रो सस्करण सुरु हुने जानकारी दिएको हो ।

काठमाडौ उपत्यकामा रहेका २१ पालिकामध्ये हालसम्म आयोजक गोदावरी सहित ११ वटा पालिकाले भाग लिने टुङ्गो लागेको गोदावरी नगरपालिकाका खेलकुद संयोजक एवं वडा नम्बर १४ का वडा अध्यक्ष निरोज बज्राचार्यले जानकारी दिए ।

यस प्रतियोगिताका संयोजकसमेत रहेका उनले मंगलबारसम्ममा भाग लिने टोलीको अन्तिम टुङ्गो लागिसक्ने बताए । ‘अहिले सम्म गोदावरी नगरपालिकाबाहेक अन्य १० वटा पालिकाको टुङ्गो लागिसकेको छ’ , उनले भने , ‘मंगलबारसम्म अन्तिम टुङ्गो लगाएर बिहीबार टाइसिट निकाल्ने तयारीमा छौँ ।’

प्रतियोगिता नकआउट हुने कि लिग कम नकआउट हुने त्यसको टुङ्गो सहभागी हुने टिम संख्याका आधारमा गरिने प्रतियोगिता संयोजक बज्राचार्यले बताए । अहिलेसम्म काठमाडौं जिल्लाका काठमाडौ महानगरपालिकासहित कीर्तिपुर नगरपालिका, चन्द्रागिरी नगरपालिका, दक्षिणकाली नगरपालिका र तारकेश्वर नगरपालिकाले खेल्ने निश्चित भएको छ ।

यसैगरी ललितपुर जिल्लाका आयोजक गोदावरी सहित ललितपुर महानगरपालिका , महालक्ष्मी नगरपालिका , बाग्मती गाउँपालिका र कोन्ज्योसोम गाउँपालिकाको टुङ्गो लागेको छ ।

यसैगरी भक्तपुर जिल्लाबाट चाँगुनारायण नगरपालिकाले सहभागीता जनाउने निश्चित भइसकेको छ । अघिल्लो संस्करणमा सहभागी भएको नागार्जुन नगरपालिकासँगै शंकरापुर नगरपालिका र महांकाल गाउँपालिकाले प्रतियोगितामा सहभागी नहुने स्पष्ट पारिसकेको गोदावरीले जनाएको छ ।

प्रतियोगिताको विजेता टिमलाई ५ लाख र उपविजेतालाई ३ लाख रुपियाँसहित ट्रफि पुरस्कार प्रदान गरिने नगरपालिकाका प्रवक्ता मिलन सिलवालले जानकारी दिए । उनका अनुसार अनुशासित टिमलाई ५० हजार तथा उत्कृष्ट गोलकिपर, डिफेन्डर , फर्वाड, सर्बाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकलाई जनही २५ हजार रुपियाँ प्रदान गरिनेछ ।

नगरपालिकाका प्रवक्ता सिलवालले नयाँ खेलाडी उत्पादन र फुटबलको विकास गर्ने उदेश्यले उपत्यकाब्यापी अन्तर नगरपालिका फुटबलको आयोजना गरिएको बताए ।

“ गोदावरीको वडा हुँदै नगर तथा जिल्लाका साथै प्रदेश एवं राष्ट्र मात्रै नभएर अन्तरर्राष्ट्रिय जगतमा समेत नेपाललाई चिनाउने युवा खेलाडी उत्पादन गर्न यो प्रतियोगिता आयोजना गरेका हौँ ,” उनले भने ।

नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले स्थानीय स्तरका खेलाडीलाई राष्ट्रिय तथा अन्तरर्राष्ट्रिय स्तरसम्म पु¥याउने अवसर सिर्जना गर्न र निर्माणाधिन गोदावरी बहुउदेश्यीय रंगशालालाई सबैतीर चीनाउन नगरपालिकाको आठौं स्थापना दिवसको अवसर पारी यो प्रतियोगिता आयोजना गरिएको बताए ।

“नगरपालिकाले खेलकुदका गतिविधीलाई आफ्नो प्राथमिकतामा राख्दै आएको छ , ” उनले भने, “गोदावरीमा खेल पर्यटनको पनि संभावना छ र त्यसको विकासका निम्ती यो प्रतियोगिता कोशेढुङ्गा हुनसक्छ । ” प्रतियोगिताको अनुमानित लागत १ करोड ९ लाख रुपियाँ लाग्ने आयोजकले जनाएको छ ।

प्रतियोगिताका लागि गोदावरी नगरपालिकाले रु २५ लाख बजेट विनियोजन गरेको नगर प्रमुख मर्हजनले जानकारी दिए । यसबाहेकका अन्य खर्च प्रायोजकका माध्यमबाट गरिने तयारी छ ।

वडा नम्बर १० का वडा अध्यक्ष शेखर न्यौपानेले प्रतियोगिता संचालन हुने मैदानको तयारी अन्तिम चरणमा पुगीसकेको बताएका छन् । उनका अनुसार यसपटक प्याराफिट, स्टेज , चेन्जीङ कक्ष लगायत निर्माण गरिएको छ र्। अघिल्ला संस्करणमा भन्दा यसपाली रंगशालामा दर्शकहरुले फरक अनुभूति गर्नेछन्  । उनले भने , ‘पसल र पार्किङको लागी पनि छुट्टै तयारी भएको छ । अनुसार यदि वर्षा भइरहेको सन्र्दभमा प्रतियोगिताका खेल च्यासल मैदानमा गराइने तयारी छ ।’

पत्रकार सम्मेलनका क्रममा मेयर मर्हजनले वन कार्यालयबाट ३ दशमलब ५ हेक्टरको बनको जग्गा रंगशालाको भोगाधिकारका लागी प्राप्त भएको बताए ।

उनका अनुसार नगरपालिकाको गौरबको योजना अन्र्तगत रहेको १५ हजार क्षमताको मिनी रंगशालाका लागि २ अरब खर्च लाग्ने अनुमान गरिएको छ । यसलाई प्रदेश र सघको बहुवर्षे योजनामा समावेश गरि निर्माण कार्य अघि बाड्ने बताए ।