१५ असार २०८३, सोमबार
,
Latest
अस्पताल भवन निर्माण अलपत्र पासपोर्ट भ्रष्टाचार प्रकरण : विशेष अदालतद्वारा ५ आरोपितलाई धरौटीमा रिहा गर्ने आदेश गृहमन्त्री र गृहसचिवकै गाडीबाट कालो सिसा हटाइयो भ्रष्टाचार गरेको अभियोगमा ९ जनाविरुद्ध मुद्दा दायर विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति चीनद्वारा भेनेजुएलालाई १० करोड युआन बराबर राहत सहायता त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसबाट ६० दिनभित्र दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन पद्मश्री साहित्य पुरस्कारको विस्तारित सूची सार्वजनिक, १५ कृति छनोट कांग्रेस केन्द्रीय निर्वाचन समितिमा दुई पदाधिकारी मनोनयन राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयकमाथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशमा धेरै शहीद जन्मिने खतरा बढ्योः केशर बिष्ट



अ+ अ-

काठमाडौँ । राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादुर बिष्टले देशमा गुण्डाहरुको शासन भएको आरोप लगाउनुभएको छ ।

राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापनाका लागि सोमवार राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालद्वारा काठमाडौंमा आयोजित विरोध प्रदर्शनलाई सम्बोधन गर्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो ।

विगतमा राजाले नै बनाएका सांसदहरुले राजालाई झुक्याएर रातारात राजा र हिन्दु राष्ट्र खारेज गरी संघीयता लादेको जिकिर गुर्नभयो । उहाँले देशमा भइरहेका विभिन्न आन्दोलन र प्रदर्शनहरुमा सरकारको ध्यान नपुगेको बताउनु भयो । उहाँले जनताको प्रशासन नभइ पार्टीहरुको प्रशासनले काम गरिरहेको बताउनु भयो । उहाँले देश अराजकतातर्फ गइरहेको भन्दै धेरै शहीद जन्मिने खतरा बढेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो सरकार भएको भए सुन्थ्यो, यो त गुण्डाहरुको हुल प¥यो । यो पुलिस भएको भए सन्थ्यो यो त पार्टीको कार्याकर्ता प¥यो । यो सिडियो भएको भए सुन्थ्यो, यो त दलको कार्यकर्ता प¥यो । हामीलाई देशको प्रशासन चाहियो । आज देशमा प्रशासन छैन, दलको प्रशासन छ । पार्टीका प्रशासन छ । जबसम्म देशको प्रशासन हुँदैन, आज हामीले दुईजना शहीदलाई माला लगायौँ, म दुःखका साथ भन्छु अब यस्ता धेरै शहीदहरु जन्मिने डर भयो । हामी तयसका निमित्त पनि तयार हुनुपर्छ । राष्ट्रिय शक्ति नेपालको तर्फबाट म पुलिस प्रशासनलाई यतिमात्रै निवेदन गर्न चाहन्छौँ हामी ७५ वटै जिल्लामा छौँ । हामी देशभरीका नगरमा छौँ ख्याल गर्नुस् । प्रचण्ड त मात्तिएर कस्तो हान्ने राँगो भएछ भने यो राजालाई राजै होइन भन्दियो अस्ति । राजै होइन भन्यो तेरिमा बेइमान । यही राजाले बकस दिएर खुट्टामा ढोगाएर ज्यान मारेवापत ८३ जना बकसे सांसद बनाइ दिएर राजाले बनाएको बकसे सांसदले संसदमा बसेर आधा रातमा झुक्याएर अब राजा छैन । देश धर्म निरपक्षे भयो संघीयता लागू भयो भनेर मासुभात खाएको बेइमानले अब राजै छैन भन्न थाल्यो । राजा नभएको भए आज प्रचण्ड हुँदैन थियो ख्याल गर्नुस् । राजाको लागि यो बाटो बिराएको नेपाली जनता हो यस्को पनि रक्षा हुनु पर्छ भन्ने राजा भएको देश हो यो । यिनले जस्तो जहाँ पायो त्यही मान्छे मारेर हिड्ने राजा होइन ।’

अध्यक्ष बिष्टले मनमोहन अधिकारी, मदन भण्डारीलगायत एमालेकै नेताहरुले नेपालको सन्दर्भमा राजा अवश्यक भएको भनेकाले पनि नेपालमा राजाको स्थान आवश्यक भएको जिकिर गर्नुभयो ।