१ आश्विन २०८३, बिहीबार
,
Latest
विपद्का कारण सम्पत्ति विवरण पेश गर्न नसकेका कर्मचारीलाई ३० दिन म्याद थप वैदेशिक रोजगारीलाई बाध्यताबाट विकल्पमा बदल्ने सरकारको योजना, इटहरीमा सात दिने सीप तथा रोजगार मेला भोटेकोशी बाढीमा बेपत्ता कर्मचारी/कामदारको परिवारलाई प्राधिकरणले ल्यायो राहत प्याकेज फिफाको निलम्बन नफुके सोमबारदेखि नियमित गतिविधि सञ्चालन गर्ने एन्फाको चेतावनी सरकार राज्य सञ्चालनदेखि कृषि क्षेत्रसम्म असफल हुँदै गयो : सांसद भाट २०८३ को भैरव पुरस्कार आर.सी. रिजाललाई, प्रतिभा पुरस्कार चापागाईंलाई ग्सासको मूल्य प्रतिसिलिण्डर दुई हजार ६० मात्र लिन सङ्घको आग्रह राष्ट्रिय सेवा दल विधेयकसम्बन्धी राज्य व्यवस्था समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश महाधिवेशन एकतावद्ध रूपमा सम्पन्न गर्न आवश्यक लचकता अपनाउन तयार छु : गगन थापा बागमती प्रदेश सरकारले ल्यायो ‘हेलो सिएम’ सेवा, अब सोझै मुख्यमन्त्रीलाई समस्या राख्न सकिने 
तपाईं के खोज्दै हुनुहुन्छ ?

दाङमा आपराधिक घटनामा कमी



अ+ अ-

दाङ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष २०७६/७७ मा दाङमा आपाराधिक घटनामा कमी आएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गणेश चन्दका अनुसार आर्थिक वर्ष २०७६/७७ मा जिल्लामा ८३५ विभिन्न आपाराधिक घटना दर्ता भएका छन् ।

आर्थिक वर्ष २०७५/७६ मा भने ९५७ आपाराधिक घटना  घटेका थिए । जुन गत वर्षको तुलनामा कूल १२२ आपाराधिक मुद्दा कमी भएका छन् । सबै भन्दा बढी  आत्महत्याका २२२ घटना भएका छन् । तीमध्ये झुण्डिएर १७३ र विष सेवन गरी ४९  रहेका जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ । 

त्यस्तै लागु औषधका ३२ मुद्दा दर्ता भएका छन् भने जबर्जस्ती करणीका ३२ र जबर्जस्ती करणी उद्योगका २१, सवारी ज्यान सम्बन्धी ४८  लगायतका घटना सो अवधिमा घटेका छन् । कम हुनुमा अपराधजन्य सूचनाको आदानप्रदान, लकडाउन र प्रहरीको सक्रियता बढ्नुरहेको प्रहरी उपरीक्षक चन्द बताउनुहुन्छ । त्यस्तै आत्महत्याका घटना घटनुको मुख्य कारण  गरिबी, दीर्घरोगी, मानसिक रोगी, पारिवारीक कलह, अशिक्षा, सामाजिक सञ्जालको गलत प्रयोग, असीमित महत्वाकाक्षा, वैदेशिक रोजगारले विभाजित परिवारलगायतका कारण हुने गरेको प्रहरीको विश्लेषण छ ।