९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

शिक्षक आन्दोलनमा आगोमा घिउ थप्न माओवादी कस्सिएको छः उपमहासचिव ज्ञवाली

शिक्षक आन्दोलनमा आगोमा घिउ थप्न माओवादी कस्सिएको छः उपमहासचिव ज्ञवाली
अ अ+ अ-

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले विद्यालय शिक्षा ऐन लगायतको माग राखेर झण्डै एक महिनादेखि सञ्चालन भएको शिक्षक आन्दोलन क्रमशः जटिल र कतिपय सन्दर्भमा विचलित हुन थालेको बताउनुभएको छ ।

सडकमा लागेका कतिपय नारा, अभिव्यक्ति र शैली शैक्षिक कम, राजनीतिक बढी देखिन र सुनिन थालेका ज्ञवालीले टिप्पणी गर्नुभएको छ । ‘कतिपय शिक्षक साथीहरूका लागि विद्यालय शिक्षा विधेयक या आफ्ना पेसागत माग होइन, शिक्षामन्त्रीको राजीनामा या सरकार परिवर्तन मुख्य एजेण्डा लाग्न थालेको छ’, उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको छ ।

शिक्षक आन्दोलनमा आगोमा घिउ थप्न माओवादी कस्सिएको उहाँले टिप्पणी छ । माओवादीले नयाँ संविधान बनेपछि सबैभन्दा धेरै शिक्षा मन्त्रालय सम्हालेको उहाँले स्मरण गराउनुभएको छ । तत्कालीन सरकारले विद्यालय सम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक संसदमा दर्ता गराएपछि शिक्षकहरू आन्दोलनमा उत्रिएका पनि उहाँले स्मरण गराउनुभएको छ । त्यसै क्रममा २०८० असोज ५ गते सरकार र शिक्षक महासङ्घ बिच सम्झौता भएको भए पनि प्रस्तावित विधेयक र सम्झौताका दफाहरूमा ठुलो विरोधाभास रहेको उहाँको भनाइ छ ।

नेकपा एमालेका सांसदहरूले विधेयकमाथिको सैद्धान्तिक छलफलमा उक्त विधेयकलाई सम्झौताको मर्म अनुरूप पुनर्लेखन गरेर मात्र अगाडि बढाउन माग गर्दा सरकार सुन्न तयार नभएको कुरा नबिर्सन ज्ञवालीले आग्रह गर्नुभएको छ । ‘आजको जटिलता त्यहीँबाट सिर्जना भएको हो, सम्झौता एकातिर छ, विधेयक अर्कातिर, तर साथीहरू तथ्यमा पर्दा हालेर पानीमाथि ओभानो बन्दै हुनुहुन्छ’, उहाँले लेख्नु भएको छ ।
नयाँ विधेयकले समाधान गर्नु पर्ने धेरै विषयहरू रहेका उहाँले उल्लेख गर्नुभएको छ । ‘जसमा कतिपय सर्वथा विरोधाभासपूर्ण छन्, संविधानले माध्यमिक तहसम्मको शिक्षाको जिम्मा स्थानीय तहलाई दिएको छ, तर शिक्षक साथीहरूका मनमा त्यसले भोलि आफ्नो कार्यसम्पादन मूल्याङ्कन र वृत्ति विकासमा राजनीतिक प्रतिशोध हाबी हुन्छ कि भन्ने चिन्ता छ, यी दुवै विषयलाई विधेयकले संशोधन गर्नु पर्नेछ’, उहाँले लेख्नु भएको छ ।

संविधानको धारा २५ ले व्यक्तिको निजी सम्पत्तिमाथिको अधिकारलाई अक्षुण्ण संवैधानिक प्रत्याभूति गरेको स्मरण गराउँदै उहाँले शिक्षालाई मौलिक हकका रूपमा सुनिश्चित गर्दै आधारभूत तहसम्मको शिक्षा निःशुल्क र अनिवार्य तथा माध्यमिक तहसम्मको शिक्षालाई निःशुल्क हुने व्यवस्था गरेको सम्झाउनु भएको छ । यससँग जोडिएका संस्थागत र सामुदायिक विद्यालयका सरोकारलाई संशोधन गर्नु पर्ने उहाँको धारणा छ । शिक्षकहरिको शब्दमा एकातिर १८ प्रकृतिका शिक्षकहरूलाई एउटै प्रणालीमा ल्याउनुपर्ने र स्थायी गर्नु पर्ने माग छन् भने अर्कातिर विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गरेका विद्यार्थीहरूका आफूहरूले पनि प्रतिष्पर्धाका निम्ति समान अवसर पाउनु पर्ने जायज सरोकार रहेको उहाँले स्मरण गराउनुभएको छ ।

यी सबैलाई मिलाएर विधेयकलाई अन्तिम रूप दिन सांसदहरू रातदिन लागिरहेका उहाँले स्पष्ट पार्नुभएको छ । ‘तर आजै चाहियो कि भोलि चाहियो जस्तो हठले उपयुक्त कानुन नबन्ने जोखिम पनि उत्तिकै छ’, उहाँले लेख्नु भएको छ ।

उहाँले खल्तीमा जहिल्यै सलाईको बट्टा बोकेर हिँड्ने र मौका पाउनासाथ आगो झोसेर रोटी सेकाउन खोज्ने प्रवृत्तिसँग होसियार हुन शिक्षकहरिलाई आग्रह गर्नुभएको छ । ‘आन्दोलन सुरु गर्दाको राप र ताप सेलाउँदै गएको छ र अभिभावकहरू अधैर्य हुँदै गइरहेका छन्, यसबाट लाभान्वित भइरहेको एउटै पक्ष हो निजी विद्यालय, अब पनि आन्दोलनको स्वरूप नबदल्ने हो भने, निर्णायक धक्काको भ्रममा बसिरहने हो भने र बङ्गलादेश बनाइदिन्छौँ भन्दै जाने हो भने थप क्षति पुग्ने निश्चित छ, शिक्षामन्त्री विद्या भट्टराईको पहलमा तयार गरिएको ७ बुँदे सहमति किन र कसको आग्रहमा घोषणा हुन रोकियो भन्ने कुरा पनि बताइरहनु पर्छ र ?’, उहाँको प्रश्न छ ।

उहाँले सरकारलाई पनि विद्यमान सीमाभित्र जे जति घोषणा गर्न सकिने हो, तुरुन्त घोषणा गरिदिन आग्रह गर्नुभएको छ । यस सम्बन्धी सत्य तथ्य सर्वोच्च अदालतलाई, सांसदलाई, सबै अभिभावकहरूलाई र समाजलाई जानकारी गराइदिन उहाँले सरकारले अनुरोध गर्नुभएको छ । यथासम्भव छिटो विधेयकलाई अन्तिम रूप दिन सांसदहरूलाई उत्प्रेरित गर्न आवश्यक रहेको उहाँको धारणा छ ।

माधवकुमार नेपाललाई पनि शिक्षक आन्दोलनमा ऐक्यबद्धता जनाउन सडकमा जानुभन्दा पहिले आफ्नै पार्टीका संसदीय समितिका सभापतिलाई विधेयक चाँडै टुङ्ग्याउन निर्देशन दिन आग्रह गर्नुभएको छ । ‘चाबी त त्यहीँ छ होइन र ?’, उहाँको प्रश्न छ ।