७ पुष २०८२, सोमबार
,
Latest
सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड विद्या र ईश्वरलाई प्रदिपको प्रश्न- आफै उभिएको धरातलप्रतिको विश्वास किन धरमराएको होला ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपा नेपालले आज शान्ति पाटिकामा प्रदर्शन गर्ने



अ+ अ-

काठमाडौं । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालले आज काठमाडौंमा प्रदर्शन गर्दैछ । गत चैत १५ गते भएको राजावादीहरूको प्रदर्शन हिंसात्मक बनेपछि पक्राउ परेका राप्रपाका उपाध्यक्ष रविन्द्र मिश्रलगायत ६४ जना पक्राउको विरोधमा राप्रपा नेपालले प्रदर्शन गर्न लागेको हो ।

राप्रपा नेपालले प्रदर्शनस्थल भने परिवर्तन गरेको छ । यसअघि भृकुटीमण्डपमा प्रदर्शन गर्ने भनिएकोमा अब रत्नपार्क शान्ति वाटिकामा गर्ने भएको हो । पार्टीले विज्ञप्ति जारी गरी स्थान परिवर्तनबारे जानकारी दिएको हो । राप्रपा नेपालले प्रदर्शन गर्ने स्थान सार्नुको कारण उल्लेख नगरे पनि भृकुटीमण्डप सरकारले तोकेको निषेधित क्षेत्रमा पर्छ ।

राप्रपा नेपालले दिउँसो साढे १ बजे प्रदर्शन सुरु गरिने जनाएको छ । तीनकुनेमा राजावादीले गरेको हिंसात्मक प्रदर्शनपछि पक्राउ परेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलगायत रिहा गरिनुपर्ने मागसहित राप्रपा नेपालले प्रदर्शन गर्न लागेको हो ।

मिश्रसँगै पक्राउ गरिएका राप्रपाका महामन्त्री धवल शमशेर राणा भने गत आइतबार उपचारका लागि भनेर हाजिरी जमानीमा रिहा भइसकेका छन् ।