९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा News Polar विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन लुम्बिनी प्रदेश सरकारकाे आग्रह News Polar काठमाडौँ तथा भरतपुर जाने खण्डमा पहिरोः यातायात प्रभावित News Polar भोटेकोशी बाढी विश्वकै लागि पनि चेतावनी होः प्रधानमन्त्री News Polar बेनी–जोमसोम–कोरला सडकमा राति गाडी चलाउन नपाइने News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल News Polar लगातार वर्षापछि तीन राजमार्गमा यातायात रोक, त्रिभुवन राजपथ सुचारु News Polar शाहको राष्ट्रसंघ सम्बोधनलाई योगेश भट्टराईले दिए सकारात्मक प्रतिक्रिया News Polar वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कतासहित तयारी अवस्थामा छौँः मन्त्री मेहता News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध

पाल्पामा जीप दुर्घटना, तीन जनाको मृत्यु हुँदा दुई घाइते

पाल्पामा जीप दुर्घटना, तीन जनाको मृत्यु हुँदा दुई घाइते
अ अ+ अ-

पाल्पा । पाल्पामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । जंगलमा लागेको डढेलो निभाउन गएको जीप पाल्पाको सिद्देश्वरमा गएराति दुर्घटना भएको हो ।

रैनादेवी छहरा गाउँपालिका–१ सिद्देश्वरको असारेस्थित सल्लेरी पाखापानी सामुदायिक वनमा लागेको डढेलो निभाउन जाने क्रममा भएको दुर्घटनामा परी स्थानीय ३६ वर्षीय दीपेन्द्र बुढामगर, ३१ वर्षीय चेतनारायण विक (सुनार) र २३ वर्षीय जनक रेगामी मगरको मृत्यु भएको छ ।

बुढामगर र सुनारको घटनास्थलमै मृत्यु भएको हो भने रेग्मीको उपचारका लागि पाल्पा सदरमुकाम तानसेन लैजाँदै गर्दा मृत्यु भएको हो । लु १ ज २३७७ नम्बरको जीपमा सवार २७ वर्षीय रञ्जन रेश्मी मगर र २३ वर्षीय सोनु (सरोज) बुढा घाइते भएका छन् ।

घाइतेमध्ये मगरको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । घाइतेको तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाग्रस्त जीप सडकदेखि झण्डै १ सय ५० मिटर तल खसेको थियो । उकालोमा ब्रेक फेल भएर दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानमा देखिएको र घटनास्थलको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।