८ श्रावण २०८३, शुक्रबार
,
Latest
पीएलए र नेपाली सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छः प्रधानसेनापति -फोटो फिचर इजरायली प्रधानमन्त्री नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने सत्तासिन भारतीय अधिकारी र सिजेपी नेताबीच भएको वार्ता निष्कर्षबिहिन क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै अनलाइन ठगीमा संलग्न तीन भारतीयसहित चार जना पक्राउ काभा पुरुष भलिबल च्याम्पियनसिपः नेपाल लगातार पराजित बिर्तामोड खानेपानीका ११ हजार धाराबाट २४सै घण्टा शुद्ध पानी निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ खुकुरी प्रहारबाट महिलाको मृत्यु बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवीन्द्र मिश्रमाथि प्रहरीको दुर्व्यवहार !



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेता रवीन्द्र मिश्रमाथि प्रहरीले निम्नस्तरको व्यवहार गरेको छ ।

थुनामा रहेका मिश्रलाई आज आइतबार म्याद थपका लागि जिल्ला अदालत काठमाडौँ लगिएको थियो । त्यसक्रममा प्रहरीले मिश्रमाथि अपमानजनक व्यवहार गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

राप्रपाका वरिष्ठ उपाध्यक्ष समेत रहेका मिश्रलाई प्रहरीले अदालत लैजाँदा धकेल्दै लगेको दृष्य देख्न सकिन्छ ।

थुनुवाको पोशाकमा रहेका मिश्र जब गाडीबाट ओर्लन्छन् अनि नमस्कार गर्न हात उठाउने वित्तिकै प्रहरीले हात तल झार्दिन्छ । अहिले यो दृष्यलाई हेरेर चौतर्फी आलोचना भइरहेको छ ।

मिश्रको हातमा हत्कडी यथावत रहेको छ । उनले प्रहरीसँग हत्कडी भएको हातले इशारा गर्दै भने,‘नमस्कार गर्नुपरेन ?’

मिश्रलाई गत चैत १५ गते तिनकुने हिंसात्मक घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो ।