६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

सदनलाई कांग्रेस सांसद राई पक्राउसम्बन्धी जानकारी



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका सांसद माया राई पक्राउसम्बन्धी जानकारी सदनलाई गराइएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा उपसभामुख इन्दिरा रानाले सांसद राईलाई पक्राउ गरिएकोसम्बन्धी जिल्ला प्रहरी परिसर काठमाडौँको पत्र वाचन गरेर सुनाउनुभयो ।

स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष एवं सञ्चालक गितेन्द्रबाबु राईसमेत भएको ठगी र सङ्गठित अपराधसम्बन्धी कसुर मुद्दामा फरार सांसद राईलाई अनुसन्धानका लागि प्रहरीले आइतबार राति काठमाडौँको बूढानीलकण्ठबाट पक्राउ गरेको थियो ।