६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar कृषि रूपान्तरणका लागि स्पष्ट सङ्क्रमणकालीन कार्ययोजना बनाउन ‘खाद्यका लागि कृषि अभियान’को सुझाव News Polar सल्यानमा स्क्रब टाइफसको महामारीः सात जनाको मृत्यु, परीक्षण किटको अभावले जोखिम बढ्यो News Polar त्रिपुरेश्वर बस चालक आत्मदाह प्रकरणले संसद तरंगितः ट्राफिक ज्यादती र युवा निराशामाथि सांसदहरूको आक्रोश News Polar चालक आत्मदाह प्रकरणमा न्यायिक छानबिन समिति गठन गर्न यातायात व्यवसायी र श्रमिकको माग News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकको प्रतिवेदन मस्यौदा समितिमा पेश News Polar त्रिपुरेश्वरमा चालकको आत्मदाह घटनाः राज्य र यातायात क्षेत्रको ‘पोलिसिङ’ शैलीमाथि संसद्मा प्रश्न News Polar त्रिपुरेश्वरमा चालकको मृत्यु प्रकरणबारे उच्चस्तरीय छानबिन गर्न सरकारसँग माग News Polar प्रधानमन्त्री शाह अमेरिका प्रस्थान गर्दै, वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी News Polar कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा . स्वर्णिम वाग्लेलाई News Polar बाढी प्रभावित अटोमोबाइल व्यवसायीको क्षति विवरण संकलन गर्दै नाडा News Polar दर्ता नभएका औषधि बिक्री रोक्न आयुर्वेद चिकित्सा परिषद्को अनुरोध News Polar बाढी प्रभावित बालबालिकाको दीर्घकालीन शिक्षा र मनोसामाजिक सुरक्षामा ध्यान दिन समितिको आग्रह News Polar विपत्तिमा डिडी सेक्युरिटीजको विशेष सहयोग News Polar हिमपातका कारण मनास्लु आरोहण नगरी फर्किए केही आरोही News Polar प्रज्ञाको पुस्तक प्रदर्शनी यही असोज ९ गतेदेखि News Polar त्रिपुरेश्वर बस आगलागीः मृतक अर्जुन दोङको पहिचान News Polar त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेका दोङको निधन, कीर्तिपुर अस्पताल परिसरमा तनाव (तस्बिरहरु) News Polar भोटेकोसी बाढी प्रभावितलाई एनडीआरएफद्वारा राहत सामग्री वितरण News Polar धनकुटाको विद्यालयमा सुनिल शर्माको पाँच करोड सहयोग, १ सय जनालाई केएमसीमा निःशुल्क उपचार गर्ने News Polar भोटेकोशी बाढीपीडितको पुनःस्थापनाका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

संगीता प्रधानको अविस्मरणीय पलेँटी साँझ

संगीता प्रधानको अविस्मरणीय पलेँटी साँझ
अ+ अ-

काठमाडौं: सन् २००७ मा पलेँटीमा पहिलोखेप गीत सुनाएकी सङ्गीताले शुक्रबार र शनिबार साँझ फेरि आफ्नो एकल गायन प्रस्तुत गरेकी छिन्। झण्डै २ घण्टासम्म चलेको पलेँटीमा सङ्गीताले दर्जनभन्दा बढी सृजना प्रस्तुत गरेकी थिइन् ।

 कार्यक्रमको शुरुवात खयाल गायनबाट भएको थियो । राग रागेश्रीको विलम्वित लयमा सङ्गीता आफैँले सृजना गरेको बन्दिस (गीत) सब सुख दियौ‘ प्रस्तुत भएको थियो । एकतालबाट शुरु भएको रागले मध्यलय प्रवेश गर्दा दर्शकश्रोता रोमाञ्चक बनेको अनुभूति हुन्थ्यो । तीनतालमा रहेको मध्यलयको बन्दिस उनि उनि रहिछौ किन हो सङ्गिनी‘ कविवर माधव घिमिरेको शब्द सृजना थियो ।

कार्यक्रमको दोस्रो चरणमा ठुमरी र दादरा प्रस्तुत भएका थिए । पहिलो ठुमरी राग माझ-खमाज मा आधारित थियो । यसपालीको पलेँटीको मुख्य आकर्षण ठुमरीलाई नेपाली भाषामा प्रस्तुत गरिनु थियो । लामो समयदेखि शास्त्रीय गायनमा क्रियाशील सङ्गीता प्रधानलाई ब्रजभाषा‘ र हिन्दीमा मात्र होइन आफ्नै भाषामा पनि ठुमरी गाउन पाए हुने भन्ने सोच निक्कै वर्ष अघिदेखि लागेको रहेछ । त्यो इच्छालाई आंशिक रुपमा भए पनि यसपाली पूरा गरेकी छिन् । यस काममा उनलाई पलेँटी संयोजक आभासले सहयोग गरेका छन् । आभासले माझ खमाजमा रहेको ठुमरीको बोल- ‘झर्झर बर्खा ऋतु आयो‘ र राग पहाडीमा आधारित दादराका निम्ति मौन बसी बित्यो रात‘ लेखेका हुन् । त्यस्तै पुष्प चन्द्रिकामा प्रयोग भएको साहित्य कठिन समयमाएक मेरो घनश्याम‘ गोपाल योञ्जनले हिन्दीबाट गरेको भावानुवाद रहेको थियो ।

 पलेँटी कार्यक्रमको तेस्रो चरणमा भने सङ्गीताले आफ्ना नयाँ पुराना नेपाली आधुनिक गीत प्रस्तुत गरेकी थिइन् । गीति चरणको शुरुवातमा गीतकार कालीप्रासाद रिजालका दुईवटा गीत प्रस्तुत भएका थिए । पहिलो प्रस्तुतिमा कुन पापीले कुन निष्ठुरीले‘ रहेको थियो । जसलाई सङ्गीतकार गुरुदेव कामतले धुन भरेका थिए । गुरुदेवले भरेको धुन नेपाली आधुनिकमा बिरलै सुनिने शैलीको गीत थियो । राग माण्डमा आधारित यो गीत ठुमरी शैलीकै गीत थियो । कालीप्रसादको दोस्रो रचना- ‘जाऊ फेरि मन यो मेरो दुखाएर जाऊलाई सङ्गीतकार आभासले धुन भरेका थिए । यो गीत पलेँटीबाटै प्रथमपटक सार्वजनिक भएको थियो 

 त्यस्तै अर्को गीत- ‘जीवन चुपचाप गुजारेँ त के भो तिमीले जित्यौ म हारेँ त के भो ?’ शान्ति ठटालको नयाँ धुन सङ्गीताको स्वरमा गुञ्जिएको थियो । शान्ति ठटालको धुनमा रत्नशम्शेर थापाको सृजना तिर्सना छल्किन्छ‘ र मन्जित तामाङ्को मैले प्रीत लाएँ लाएँलाजै नमानी लाएँ‘ गाउँदा सङ्गीता प्रधानको मुहारमा आनन्दको लहर फैलिएको अनुभूत हुन्थ्यो । 

 कार्यक्रमा सङ्गीताले आफू काठमाडौं आउँदाका क्षणहरु सम्झँदै र विभिन्न संस्मरण सुनाउँदै गीत गाएकी थिएन् । त्यही क्रममा उनले सङ्गीतकार नातिकाजीसँग आफ्ना पहिलो गुरु सङ्गीतकार मानवीर सिंहले गराइदिएको भेट सम्झँदै आँगनमा आज मेरा प्रियतम आए‘ सुनाएकी थिइन् । निर्मोही व्यासको शब्द सृजना रहेको यो गीत सङ्गीताले रेडियो नेपालमा गाएको पहिलो चरणको गीत हो ।

 कार्यक्रममा नेपथ्यका अगुवा अमृत गुरुङले धुन भरेको कवि मञ्जुलको रचना एकान्तमा फूल फुल्छ कि म फुल्छु लाई अत्यधिक रुचाइएको थियो । फर्माइसमा दोहोरिएको यो गीत अमृतले आजभन्दा १८ वर्ष पहिले सङ्गीता प्रधानकै पलेँटीका निम्ति धुन भरेका थिए ।

 सङ्गीताले कार्यक्रममा आरति नेवाको शब्दमा रहेको किन हो हजुरलाई आफ्नै भनिदिन मनलाग्छ‘ गाउँदा सङ्गीतकार मानवीर सिंहलाई श्रद्धापूर्वक शब्दाञ्जली अर्पण गरेकी थिइन् ।

 कार्यक्रमको अन्त्य भइसक्दा पनि दर्शकहरू आसनमै स्थिर देखिन्थे । पलेँटी हेरेर बाहिरिँदै गरेका शेष नारायणको प्रतिक्रिया थियो- ‘शास्त्रीय सङ्गीत र आधुनिकको सङ्गम गज्जबै सुनिँदो रहेछपलेँटी नहुँदा न्यास्रिएका थियौं । आज त्यो नियास्रो मेटियो ।‘ सँगै उभिएका पंकज नेपाल भन्दै थिए – ‘नेपालीमा ठुमरी क्या गजब सुनिने रैछ ।

 पलेँटीमा बारम्बार आइपुग्ने जर्मन सङ्गीत प्रेमी रेनाटे साम्बोकको प्रतिक्रिया थियो – ‘मैले पहिले पनि यो कार्यक्रम हेरेको छु। मलाई नेपाली गीत मनपर्छ तर नेपाली नारीले गाएको हेरेको यो मेरो पहिलो कन्सर्ट हो । सि ह्याज सच् अ बोल्ड याण्ड ब्युटिफूल भोइस !’

 पलेंटी कार्यक्रम हरेक अंग्रेजी महिना को अन्तिम शुक्रबार र शनिबार नेपालयको आर सालामा हुने गर्छ