३ पुष २०८२, बिहीबार
,
Latest
एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

जब सफा टेम्पुमा भेटिइन् पूर्वमन्त्री विद्या भट्टराई



अ+ अ-

काठमाडौँ । निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई सफा टेम्पोमा यात्रा गर्दैगर्दा भेटिएकी छिन् ।

केहीदिन पहिलेमात्रै शिक्षामन्त्रीबाट राजीनामा दिएकी उनी सफा टेम्पो चढेको तस्बिर सार्वजनिक भएको छ ।

मन्त्री हुनु अगाडिसम्म पनि भट्टराई सार्वजनिक सवारीसाधनमै यात्रा गर्थिन् । मन्त्रीबाट राजीनामा दिएकै दिन उनले आफ्नो सरकारी निवास र सरकारी सवारी छाडेकी थिइन् ।

उनी राजीनामा दिनका लागि प्रधानमन्त्री निवास पुग्दा नै सरकारले उपलब्ध गराएको सवारी र सुरक्षाकर्मी छाडिसकेकी थिइन् ।

चाबहिल बसोबास गर्दै आएकी उनी आइतबारको संसद् बैठकमा सहभागी हुन आउने क्रममा चाबहिलबाट टेम्पो चढेरै नयाँ बानेश्वरसम्म पुगेकी थिइन् ।