२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
एसइईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट गण्डकी प्रदेशसभा: नीति तथा कार्यक्रममाथि छलफल जारी १७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

जब सफा टेम्पुमा भेटिइन् पूर्वमन्त्री विद्या भट्टराई



अ+ अ-

काठमाडौँ । निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई सफा टेम्पोमा यात्रा गर्दैगर्दा भेटिएकी छिन् ।

केहीदिन पहिलेमात्रै शिक्षामन्त्रीबाट राजीनामा दिएकी उनी सफा टेम्पो चढेको तस्बिर सार्वजनिक भएको छ ।

मन्त्री हुनु अगाडिसम्म पनि भट्टराई सार्वजनिक सवारीसाधनमै यात्रा गर्थिन् । मन्त्रीबाट राजीनामा दिएकै दिन उनले आफ्नो सरकारी निवास र सरकारी सवारी छाडेकी थिइन् ।

उनी राजीनामा दिनका लागि प्रधानमन्त्री निवास पुग्दा नै सरकारले उपलब्ध गराएको सवारी र सुरक्षाकर्मी छाडिसकेकी थिइन् ।

चाबहिल बसोबास गर्दै आएकी उनी आइतबारको संसद् बैठकमा सहभागी हुन आउने क्रममा चाबहिलबाट टेम्पो चढेरै नयाँ बानेश्वरसम्म पुगेकी थिइन् ।