२ जेष्ठ २०८२, शुक्रबार
,
Latest
राष्ट्रिय जन कांग्रेसको स्थायी समितिका उपाध्यक्ष र उपसभामुख बिच द्विपक्षीय भेटवार्ता सङ्घीयता कार्यान्वयनसँग जोडिएका ४० बढी कानून पारित गर्ने कुरा सरकारको प्राथमिकतामाः गगन थापा सुदूरपश्चिम क्षेत्रलाई सधैँ प्राथमिकतामा राखेका छौँ: अध्यक्ष दाहाल निषेध गरेर लाने हो भने सरकारले भन्दियोस् कि हामी विद्रोहमा जान्छौं: राजेन्द्र लिङ्देन बैंकिङ–बीमा क्षेत्र मिलेर उत्पादन र उत्पादकत्व अभिवृद्धिमा लाग्नुपर्छ–का.मु. गभर्नर ढुंगाना अनेकताभित्र एकता खोज्नु संसदीय व्यवस्थाको सौन्दर्यः शिक्षामन्त्री पन्त नेतृत्वका कारण विद्युत आपूर्तिमा समस्या आएको होइनः हितेन्द्रदेव शाक्य रूस र युक्रेन इस्तानबुलमा भेट्ने, तर अपेक्षा न्यून जलवायु कार्यमा हातेमालो गर्न विलम्व नगरौँः मन्त्री ठकुरी धुलोरहित सडक निर्माण कार्यको अनुगमन : उपप्रमुखबाट प्राविधिक प्रतिवेदन पेश गर्न निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओलीले प्रचण्डलाई भनेः ‘नावाकाद’-नाम मात्रैको कम्युनिष्ट



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै ‘नावाकाद’को संज्ञा दिनुभएको छ ।

आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अध्यक्ष दाहाललाई नाम मात्रैको कम्युनिष्ट भएको आरोप लगाउनुभएको हो ।

उहाँले विष्णुबहादुर मानन्धरहरुको समूहले विगतमा केशरजंग रायमाझीहरुलाई नावाकादको (नामका वामपन्थी नावा, कामका का, द दक्षिणपन्थी) संज्ञा दिने गरेको उदाहरण प्रश्तुत गर्दै अध्यक्ष ओलीले अहिले पनि नावाकाद रहेको बताउनु भयो । कम्युनिष्ट आन्दोलन ध्वस्त पार्ने उद्देश्यलाई सफल पार्नका लागि आफ्नाबिरुद्ध विभिन्न प्रकारका लाञ्छना र आरोप लगाउने र अर्को सरकार ढल्यो भन्दै हिँड्ने नावाकाद रहेको उहाँको आरोप छ । अध्यक्ष दाहालप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले नेपाली काँग्रेसका सभापति थाइल्याण्डबाट आएसँगै सरकार ढल्छ भन्नेहरुलाई सभापति देउवाले चिसो पानी खन्याइदिनुभएको र छक्क परेको बताउनु भयो । फेरि दुई चार दिनमा ढलिहाल्छ भनेर गीत गाउने गरेको प्रधानमन्त्री ओलीको अरोप छ ।

उहाँले भन्नुभयो, ‘पहिला एक पल्ट विष्णुबहादुर मानन्धरजीहरुको समूह थियो । उसले केशरजंग रायमाझीहरुलाई नावाकाद भन्थ्यो । नावाकाद भनेको छोटकरी नामका वामपन्थी कामका दक्षिणपन्थी । एक एक वटा शब्द लिएर नामका वामपन्थी नावा, कामका का, द दक्षिणपन्थी । छोटकरीमा नावाकाद । नावाकादहरु अहिले पनि छन् । नावाकादहरुको दुई वटा छः एउटा कम्युनिष्ट आन्दोलन ध्वस्त पार्ने उद्देश्यलाई सफल पार्नका लागि हाम्रा बिरुद्ध विभिन्न प्रकारका लाञ्छना र आरोप लगाउने । अर्को ढल्यो, ढल्यो, ढल्यो, ढल्यो सरकार ढल्यो । अहिले ढल्यो, भरे ढल्यो । भोलि बिहानै ढल्यो । शेरबहादुरजी फर्किने बित्तिकै ढल्यो । शेरबहादुरजीले चिसो पानी टाउकाबाट खन्याइदिएपछि फेरि छक्क परेका छन् । शेरबहादुरजी आउने बित्तिकै नढलेर के गर्ने रु दुई चार दिनमा ढलिहाल्छ भनेर फेरि अर्को गीत शुरु गरेका छन् । नावाकाद हुन् यिनीहरु । यि नावाकाद । हामी हरेक कुराबाट शतर्क छौँ । दक्षिणपन्थी, सोझो दक्षिणपन्थी र नावाकादहरुसँग ।’

प्रधानमन्त्री ओलीले आफूहरु हरेक कुराबाट शतर्क रहेको दाबी गर्नुभयो ।




भर्खरै