२३ श्रावण २०८३, शनिबार
,
Latest
प्रधानमन्त्री शाहलाई सासद झाको जवाफ: महान जनादेश पाएको सरकार एक्लो छैन बैतडीका १७८ जनाले घरमै पाए राहदानी ढोरपाटनमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी टाइफुन डल्फिनको जोखिमपछि पूर्वी चीनमा विद्यालय र पर्यटकीय गतिविधि बन्द वाग्मती सफाइ अभियानः आज चार मेट्रिकटन नकुहिने फोहर सङ्कलन जालसाजीको अभियोगमा वडाध्यक्ष पक्राउ किएभमा रूसी आक्रमण तीन जनाको मृत्यु : सैन्य अधिकारी एक महिनादेखि इलाम-राजदुवाली सडक अवरुद्ध, प्रहरीको सहयोगमा यात्रा थाइल्याण्डको विद्यालयमा भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या सात पुग्यो ‘इमान्दार कार्यकर्ताको राजनीतिक भविष्यको सुरक्षा म गर्छु, भाग्नेलाई ठाउँ छैन’: अध्यक्ष लिङदेन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आमाको मुख हेर्ने दिनमा स्मिता दाहालको ‘आमा’ गीत सार्वजनिक



अ+ अ-

काठमाडौं: आमाको मुख हेर्ने विशेष अवसर मातातीर्थ औँसीका दिन गायिका स्मिता दाहालको नयाँ भावनात्मक गीत ‘आमा’ आज सार्वजनिक गरिएको छ। आइतबार दिउँसो ३:१५ बजे युट्युबमार्फत सार्वजनिक भएको यो गीतले आमाको माया, संघर्ष र समर्पणलाई संगीतमार्फत जीवन्त रूपमा प्रस्तुत गरेको छ।

गीतमा शब्द र संगीत सिर्जना चेतन सापकोटाले गरेका छन् भने संगीत संयोजन गोपाल रसाइलीले गरेका छन्। गीतको मिक्सिङ, मास्टरिङ र रेकर्डिङ श्याम बगडासले स्टुडियो डोरेमीमा सम्पन्न गरेका हुन्।

भिडियोमा गायिका स्मिता दाहाल स्वयं र अभिनेता आकाश श्रेष्ठले प्रमुख भूमिकामा अभिनय गरेका छन्। साथै, बाल कलाकार दीप्शिका श्रेष्ठको समेत सशक्त उपस्थिति देख्न सकिन्छ। भिडियोको छायांकन नवराज उप्रेतीले, सम्पादन तथा रङ संयोजन विकास ज्ञवालीले गरेका छन् भने कथा र निर्देशन सुनिल क्षेत्रीले सम्हालेका छन्।

स्मिता दाहालले यस गीतमार्फत आमाको अतुलनीय योगदान र ममतालाई गहिरो भावनाका साथ उजागर गर्ने प्रयास गरेकी छन्। मातातीर्थ औँसीको अवसरमा सार्वजनिक गरिएको ‘आमा’ गीतले दर्शक तथा श्रोताको मन छोने विश्वास गरिएको छ।
गीत युट्युबमा हेर्न सकिनेछ।