९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

सरकारलाई माओवादीको प्रश्नः प्रतिपक्षीको मुखमा बिर्को लाग्नेगरी काम गर्न केले रोक्यो ?

सरकारलाई माओवादीको प्रश्नः प्रतिपक्षीको मुखमा बिर्को लाग्नेगरी काम गर्न केले रोक्यो ?
अ अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले काम गर्न कसले रोकेको छ भन्दै सरकारमाथि प्रश्न गर्नुभएको छ ।

आईतवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो प्रश्न गर्नुभएको हो । उहाँले संविधान संशोधन र राष्ट्रलाई डेलिभरी दिने भन्दै मिलेका नेपाली काँग्रेस र नेकपा (एमाले)ले जनअपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाउनु भयो । उहाँले प्रतिपक्षीको मुखमा बिर्को लाग्ने गरी काम गर्न सरकारलाई आग्रह गर्नुभयो ।

सरकारले शुरुदेखि नै नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङमाथि झम्टिएको बताउँदै अहिले आफ्नै पार्टीका मन्त्रीहरूलाई समेत बर्खास्त गरेको बताउनु भयो । उहाँले सरकारले एकपछि अर्को मनलाग्दी गर्दै कानून मिच्नेदेखि जथाभावी गर्ने गरेको बताउँदै आफूहरूले सबै कुराको ठिक छ भन्न नसक्ने धारणा गर्नुभयो । सांसद सापकोटाले सरकारले बेथिति र विकृतिको संरक्षण गर्ने र बिचौलियाहरूलाई खुशी पार्ने काम गरिरहेको आरोप लगाउनु भयो । उहाँले प्रमुख प्रतिपक्षीको नाताले हामीले सरकारको गलत कदको सशक्त प्रतिवाद, खबरदारी र जनतालाई सुसुचित गर्ने जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘भर्खरै मान्य ज्यूले भन्नुभयो, यो सरकार आजै ढल्छ, भोली ढल्छ भनेर भ्रमण सिर्जना नगरियोस् । तपाइहरू खुरुखुरु संविधान संशोधन गर्ने, राष्ट्रलाई डेलिभरी दिन्छौँ भनेर आउनुभएको हो नि ठूला पार्टी मिलेर । भटाभट हाम्रो मुखमा बिर्को लाग्ने गरी काम गर्नुस् न, के ले रोकेको छ तपाइहरूलाई रु आएका दिन देखि कुलमान जीलाई झम्टिनुभयो, हुँदाहुँदै त्यसको पराकाष्ठा त अहिले आफ्नै मन्त्रीलाई समेत बर्खास्त गर्नुभयो । बोल्न नपाइने निरङ्कुशता जे छ तपाइहरूसँग तपाइहरू एक पछि अर्को मनलाग्दी गर्ने, कानुन मिच्ने, संविधान मिच्ने, जथाभाबी गर्ने अनि यो सबै कुराको हामीले ठिक छ भनेर भनिदिनुपर्ने रु हामी त्यसो भन्न सक्दैनौँ । तपाईँहरूले एकपछि अर्को गरी कानून र संविधानलाई उल्लङ्घन गर्नुभएको छ । बेथिति विकृतिको संरक्षण गरिराख्नुभएको छ र विचौलियाहरूलाई खुसी पारिराख्नुभएको छ । हामी प्रमुख प्रतिपक्षी हुनुको नाताले त्यसको हामीले सशक्त प्रतिवाद, खबरदारी र जनतालाई सुसुचित गरेको हो । हामी भन्न चाहन्छौँ, तपाइहरू सुध्रिने तिर किन जानुभएन ?’

उहाँले देशको अर्थतन्त्र सत्तापक्षका नेताहरूले दाबी गरेजस्तो उत्साहपूर्ण नरहेको बताउनु भयो ।