• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   २५ वटा काण्डको छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने तयारी: गृहमन्त्री लामिछाने ★   व्यवसायिक बाख्रापालनबाट वार्षिक चार लाख बचत ★   चलायमान बन्दै ठमेल र दरबारमार्गका व्यवसाय ★   ‘यार्सागुम्बा’ अर्थात् महङ्गो जैविक कीराको खोजी ★   कति छ रोहित शर्मा र विराट कोहलीको सम्पत्ति ? ★   उद्योगमन्त्री भण्डारीद्वारा प्रमुख सचेतकहरुसँग छलफल ★   फ्रान्स र बेल्जियम भिड्दै ★   मेयर बालेन साहलाई अफ्ठ्यारोमा पार्ने काम भएको छ: प्रमुख सचेतक शाही ★   देउवा–ओली भेट हुनासाथ सत्ता समिकरण उलटफेर हुँदैन: सांसद सापकोटा ★   ब्रेक सु र इलेक्ट्रोनिक सामानमा लुकाएर ३२ क्विन्टल सुन तस्करी

भारतका रक्षामन्त्री सिंहलाई कोरोना सङ्क्रमण



काठमाडौं । भारतका रक्षा मन्त्री राजनाथ सिंह कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएको छ । 

सामान्य लक्षण देखिएको र शङ्का लागेकाले कोरोना परीक्षण गर्दा सोमबार उहाँमा सङ्क्रमण पुष्टि भएको अधिकारीहरुले जनाएका छन् । 

सङ्क्रमण पुष्टि भएपछि उहाँ घरमै आइसोलेसनमा बस्नु भएको रक्षा मन्त्रीको सचिवालयले जनाएको छ । 

मलाई आज कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएको छ, सामान्य लक्षण पनि देखिएको छ, त्यसैले म अहिले घरमै एकान्तबासमा रहेको छु, सामाजिक सञ्जाल ट्वीटरमा उहाँले लेख्नुभएको छ । 

रक्षा मन्त्री सिंहले हालै आफूसँग सम्पर्कमा रहेकाहरुलाई सेल्फ आइसोलेसनमा बस्न र कोरोना परीक्षण गराउन अनुरोध पनि गर्नुभएको छ । 

उहाँले पछिल्लो समय यही जनवरी ८ तारिखका दिन सैनिक विद्यालयमा महिला सैनिकहरु भर्ना भएकोसम्बन्धी एउटा वेविनारमा सम्बोधन गर्नुभएको थियो ।

भारतमा पछिल्लो समय कोरोनाभाइरसबाट सङ्क्रमितहरुको सङ्ख्या अत्यधिक बढेको तथ्याङ्कले देखाएको छ । 

सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा एक लाख ७९ हजार ७२३ जना नयाँ सङ्क्रमित थपिएका छन् ।  

अघिल्लो दिनको तुलनामा १३.२९ प्रतिशतको दरले सङ्क्रमितहरुको सङ्ख्यामा वृद्धि भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  

भारतमा अहिलेसम्म चार हजार ३३ जनामा कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोन भाइरसको सङ्क्रमण पुष्टि भएको छ । 

तीमध्ये सबैभन्दा धेरै महाराष्ट्र प्रदेशमा देखिएका छन् । मन्त्रालयका अनुसार महाराष्ट्रमा एक हजार २१६, राजस्थानमा ५२९ र दिल्लीमा ५१३ जना ओमिक्रोनभाइरसबाट सङ्क्रमित भएका छन् । 

ओमिक्रोनबाट सङ्क्रमितमध्ये एक हजार ५५२ जना भने अहिले सङ्क्रमणमुक्त भइसकेको मन्त्रालयले जनाएको छ । 

भारतमा कोरोनाभाइरसको महामारी सुरु भएदेखि हालसम्म तीन करोड ५५ लाख २८ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । 

भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या सात लाख २३ हजार ६१९ रहेको मन्त्रालयका अधिकारीहरुले जनाएका छन् । 

गएको २४ घण्टामा भारतमा ४६ हजार ५६९ कोरोनाबाट मुक्त भएका छन् । योसँगै कोरोना सुरु भएयता हालसम्म तीन करोड ४५ लाख १७२ जनालाई कोरोना सङ्क्रमण निको भएको छ । भारतमा अहिले कोरोना भाइरस निको हुने दर ९६।६२ प्रतिशत रहेको छ । 

भारतमा पछिल्लो एक दिनमा थप १४६ को कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउने व्यक्तिको सङ्ख्या चार लाख ८३ हजार ९३६ जना पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

कोरोना सुरु भएदेखि हालसम्म ६९ करोड १५ लाखभन्दा बढी व्यक्तिको कोरोना परीक्षण भएको छ । सन् २०२१ को जनवरी १६ बाट भारतमा कोरोना भाइरसविरुद्ध खोप अभियान सुुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ५१ करोड ९४ लाख ५ हजारभन्दा बढी डोज खोप लगाइएको मन्त्रालयले जनाएको छ ।