२७ जेष्ठ २०८३, बुधबार
,
Latest
सम्पत्ति छानबिन आयोगद्वारा विवरण बुझाउने म्याद असार मसान्तसम्म थप पाकिस्तानी हवाई आक्रमणमा १३ सर्वसाधारणको मृत्यु मनाङको विकास यात्रा सडक, पर्यटन र पूर्वाधारमा नयाँ आयाम बूढानीलकण्ठबाट चेक अनादर मुद्दामा फरार दोषी पक्राउ नेपालकै इतिहासमा सबैभन्दा ठूलो वित्तीय अपराधको छानबिन भइरहेको छः अर्थमन्त्री वाग्ले भैरहवामा ४१ लाखभन्दा बढी मूल्यका भन्सार छलेका सामान बरामद, प्रहरीद्वारा गोदाममा छापा संसद्को गतिरोध अन्त्य गर्न सभापति लामिछाने सक्रिय, विपक्षी नेतासँग छलफल अघिल्ला सरकारले ल्याएका गरिबमुखी तथा लोककल्याणकारी कार्यक्रमलाई निरन्तरता दिएका छौँः अर्थमन्त्री वाग्ले ‘टोलटोलमा फिल्म महोत्सव’ गर्दै काठमाडौँ महानगर रास्वपा बागमती प्रदेश अधिवेशन स्थगित
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितपुरमा सुधारगृहमा राखिएका व्यक्तिको मृत्यु, प्रहरीले थाल्यो अनुसन्धान



अ+ अ-

काठमाडौं । ललितपुरको बाँडेगाउँमा रहेको एक सुधार गृहमा राखिएका व्यक्तिको मृत्यु भएपछि अनुसन्धान थालिएको छ ।

सिन्धुपाल्चोक स्थायी घर भएका दावा घिसिङको मृत्यु भएपछि प्रहरीले अनुसन्धान थालेको हो ।

शनिबार राति अस्पताल लैजाने क्रममा घिसिङको मृत्यु भएको र अहिले त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टम भइरहेको प्रहरीले जनाएको छ ।

घिसिङ परिवारले उनको मृत्युप्रति शंका गर्दै प्रहरीलाई खबर गरेपछि ललितपुर प्रहरीको टोली अनुसन्धानमा खटिएको थियो ।

त्यसक्रममा राति मोटरसाइकलमा अस्पताल लैजाने दुई जना र सुधार गृहका एक सञ्चालक गरी ३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ । प्रहरीले उनीहरुसँग सोधपुछ गरिरहेको छ ।