९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा News Polar विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन लुम्बिनी प्रदेश सरकारकाे आग्रह News Polar काठमाडौँ तथा भरतपुर जाने खण्डमा पहिरोः यातायात प्रभावित News Polar भोटेकोशी बाढी विश्वकै लागि पनि चेतावनी होः प्रधानमन्त्री News Polar बेनी–जोमसोम–कोरला सडकमा राति गाडी चलाउन नपाइने News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल News Polar लगातार वर्षापछि तीन राजमार्गमा यातायात रोक, त्रिभुवन राजपथ सुचारु News Polar शाहको राष्ट्रसंघ सम्बोधनलाई योगेश भट्टराईले दिए सकारात्मक प्रतिक्रिया News Polar वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कतासहित तयारी अवस्थामा छौँः मन्त्री मेहता News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध

मिथिला ‘पेन्टिङ’ सिकाइमा जम्दै किशोरी

मिथिला ‘पेन्टिङ’ सिकाइमा जम्दै किशोरी
अ अ+ अ-

महोत्तरी । मटिहानी–८ की खुश्वु यादव अहिले घर नजिकै मिथिला ‘पेन्टिङ’ सिक्दै हुनुहुन्छ । उहाँसहितका ३० किशोरीलाई मटिहानी नगर कार्यपालिका कार्यालयको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले उक्त अवसर दिएको हो । भर्खर १७ वर्ष उमेर टेकेकी यादवको एकमहिने मिथिला पेन्टिङ सिकेर यसै सीपबाट आत्मनिर्भर बन्ने सपना छ ।

“यहीँकै राम मावि ९माध्यमिक विद्यालय०मा १२ कक्षामा पढ्दै पनि छु, अहिले मिथिला पेन्टिङ सिक्ने अवसर पाइयो, मेरो यो सीपमा जम्ने सपना छ”, यादव भन्नुहुन्छ, “मिथिला पेन्टिङको विश्वव्यापी चर्चा छ, म यसैमा दक्षता बढाउन खोज्दै छु ।”

माध्यमिक तहमा अध्ययनरत किशोरीका लागि सीप सिकेर मिथिला पेन्टिङलाई व्यवसाय नै बनाउन सकून् भन्ने ध्येयले नगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले एकमहिने तालिमको प्रबन्ध गरेको हो । तालिम प्रारम्भले नै तन्मयसाथ सिक्न उत्प्रेरित गरेको सहभागी किशोरी बताउँछन् ।

“औपचारिक तालिम सुरु भयो, मिथिला पेन्टिङका बारेमा सुनेकी थिएँ, तालिमबाट थप थाहा पाएँ”, मटिहानी–६ की १६ वर्षीया रञ्जु साह भन्नुहुन्छ, “तालिमले धेरै कुरा सिकाउने विश्वास जागेको छ ।” खुश्वु यादवको जस्तै साहको पनि सीप सिकेर व्यावसायिक रुपमै मिथिला पेन्टिङमा लाग्ने रहर पलाएको छ ।

मटिहानी नगरपालिकाका बजारक्षेत्र समेटेर वडा नं ६, ७ र ८ का विद्यालयमा अध्ययनरत १३ वर्षदेखि १९ वर्ष उमेर समूहभित्रका किशोरीलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम आयोजना गरिएको मटिहानीका नगरप्रमुख हरिप्रसाद मण्डलले बताउनुभयो ।

“मुख्य ध्येय आर्थिक उपार्जनमा महिला आफैँ सरिक हुने अवस्था बनाउने हो, यसका लागि बजार क्षेत्रका बासिन्दा किशोरीलाई सीप सिक्नासाथ व्यवसाय सञ्चालन गर्न सकून् भनेर सहभागी गराइएको हो,” नगरप्रमुख मण्डल भन्नुहुन्छ, “यसले अरूलाई पनि उत्प्रेरित गर्ने हाम्रो विश्वास छ ।” किशोरीलक्षित यो कार्यक्रम बालविवाहविरुद्धको अभियानको निरन्तरता पनि भएको मण्डलले स्पष्ट पार्नुभयो ।

“हामी योजनाबद्ध रुपमा बालविवाह पूरै नियन्त्रण गर्ने अभियानमा छौँ, यसका लागि पछिल्ला तीन वर्षयता छोरी शिक्षा, निरक्षर उन्मूलन, सामाजिक जागरण र सीप अभिवृद्धिका कार्यक्रमले निरन्तरता पाउँदै आएका छन्”, नगरप्रमुख मण्डलले भन्नुभयो, “पछिल्ला तीन वर्षयताका हाम्रो प्रयत्नले राम्रो सफलता पाएको छ ।”

तीन वर्षअघि ८०० बालविवाहका घटना भएको सम्झँदै नगरप्रमुख मण्डलले त्यसयता बालविवाहविरुद्धका घनिभूत कार्यक्रमका कारण यसमा कमी आएको बताउनुभयो । यसपालि जारी आर्थिक वर्ष २०८१/८२ को हालसम्मको अवधिमा नगरक्षेत्रमा कतैपनि बालविवाहका घटनाको जानकारी नरहेको उहाँको भनाइ छ ।

मटिहानी नगरपालिकाले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखामार्फत गत आर्थिक वर्ष २०८०/८१ मा निरक्षरता उन्मूलन अभियान सञ्चालन गरेको थियो । यसै अभियानअन्तर्गत विद्यालय जाने उमेरका बालबालिकालाई औपचारिक शिक्षामा जोड्ने र किशोरवय पार गरेकाहरुलाई घरबस्तीमै अनौपचारिक शिक्षा दिइएको थियो । सो अभियानको सफलताले नै आफ्नो नगर साक्षर घोषणा भएको नगरप्रमुख मण्डलको भनाइ छ ।

अहिले सञ्चालन भएको एकमहिने मिथिला पेन्टिङ तालिममा सहभागी किशोरी पनि बालविवाहविरुद्धको अभियन्ता हुन् । तालिमका सहभागीहरु बालविवाहलाई निरुत्साहित गर्नु र सीप सिकेर आत्मनिर्भर बन्नु मुख्य उद्देश्य रहेको बताउँछन् । मटिहानी–७ की १७ वर्षीया प्रिया ठाकुर भन्नुहुन्छ, “मिथिला पेन्टिङ आर्जनका लागि सम्भावनायुक्त सीप हुने विश्वास जागेको छ ।” रासस