२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डको आरोपः वर्तमान सरकार सुशासनविरुद्ध खडा गरिएको विचौलियाहरुको सरकार हो



photo: rss
अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकार सुशासनका बिरुद्ध खडा गरिएको विचौलियाहरुको सरकार भएको बताउनुभएको छ ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताउनुभएको हो । उहाँले अहिलेको सरकार गैरजिम्मेवार र सुशासन बिरोधी सरकार भएको आरोप लगाउनु भयो । उहाँले अलिकति पनि राजनीतिक विवेक राख्ने, ज्ञान राख्ने मान्छेले अहिलेको सरकार विचौलियाको हो भनेर स्वीकार गरिसकेको बताउनु भयो ।

उहाँले अहिलेको सरकारले दलाल पुँजीपति, विचौलिया र नोकरशाहहरुको हित गर्ने, भ्रष्टाचारीहरुको रक्षा गर्ने, राम्रो काम गर्नेहरुलाई प्रताडित गर्ने काम गरिरहेको आरोप लगाउनु भयो । सडकमा लाखौँको संख्यामा शिक्षकहरुले आन्दोलन गरिरहँदा उनीहरुका माग पूरा गर्नुको सट्टा अहिलेको सरकार र सरकारको नेतृत्व गैरजिम्मेवार ढंगले शिक्षकहरुलाई, शिक्षा क्षेत्रलाई अझ अराजक बनाउने र शिक्षकहरुलाई अपमानित गर्ने काममा लागेको अरोप लगाउनु भयो ।

अध्यक्ष दाहालले भन्नुभयो, ‘अहिले जो सरकार चलिरहेको छ । त्यो सरकार सुशासनका बिरुद्ध खडा गरिएको विचौलियाहरुको सरकार हो । अब त अलिकति पनि राजनीतिक विवेक राख्ने, ज्ञान राख्ने मान्छे सबैले पनि स्वीकार गर्न थालेका छन् । यो सरकार दलाल पुँजीपति, विचौलिया र नोकरशाहहरुको हित गर्ने, भ्रष्टाचारीहरुको रक्षा गर्ने, राम्रो काम गर्नेहरुलाई प्रताडित गर्ने सरकार हो भन्नेकुरा राम्रैसँग स्थापित भइसकेको छ ।

देशमा अहिले बडो विचित्रको स्थिति बनेको छ । एकातिर सडकमा लाखौँको संख्यामा आन्दोलनरत शिक्षकहरु छन् । झन्डै अब एक महिना हुन लाग्दैछ । तर जसले जिम्मेवारीपूर्वक शिक्षकहरुको माग समाधान गर्नुपर्ने हो त्यो सरकार र सरकारको नेतृत्व अत्यन्त गैरजिम्मेवार ढंगले शिक्षकहरुलाई, शिक्षा क्षेत्रलाई अझ अराजक बनाउने र शिक्षकहरुलाई अपमानित गर्ने काममा लागेको छ ।’

अध्यक्ष दाहालले शिक्षकहरुसँग भएका सम्झौता पूर्णतः कार्यान्वयन हुनुपर्ने बताउनु भयो । नेकपा ९माओवादी केन्द्र० शिक्षकहरुसँग भएका सहमतिअनुसार माग पूरा गर्नुपर्ने, छोटो बाटोबाट गएर ऐन दिनुपर्ने पक्षमा रहेको उल्लेख गर्नुभयो ।