११ श्रावण २०८३, सोमबार
,
Latest
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु स्वास्थ्य मन्त्रालयद्वारा नारायणी अस्पतालका सेवा सञ्चालन गर्न अनुरोध सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ क्याफेमा लगेर बालिकामाथि जबरजस्ती करणी, सञ्चालकसहित ५ जना पक्राउ सात बुँदे सहमति पछि डा. गोविन्द केसीले तोडे अनसन क्रसरविरुद्ध सर्वोच्चमा मुद्दा जित्ने बाराकी शिक्षिकालाई प्रहरी र क्रसर व्यवसायीको निरन्तर दबाब आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने अनसनरत डा केसीद्वारा औषधि लिन अस्वीकार बंगलादेशका विश्वचर्चित अलराउन्डर शकिब पोखरा एभेन्जर्समा अनुबन्धित दाङमा ग्यास अभाव भएको विषयमा सञ्चारकर्मीद्वारा प्रशासनको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले संसदीय दलको बैठक जारी



file
अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को संसदीय दलको बैठक नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा जारी छ ।

शुक्रबारदेखि संसद्को बजेट अधिवेशन प्रारम्भ भएको सन्दर्भमा प्रधानमन्त्री एवं नेकपा (एमाले)संसदीय दलका नेता केपी शर्मा ओलीको अध्यक्षतामा जारी दलको बैठक आगामी आर्थिक वर्षका निम्ति प्रस्तुत हुने नीति तथा कार्यक्रम, आयव्ययको विवरण(बजेट) र सदन सञ्चालनमा केन्द्रित रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

बैठकमा दलका नेता ओलीले सदनमा हुने छलफलमा पार्टीको सक्रिय सहभागिता, वर्तमान परिस्थितिलाई बुझेर जनताका समस्या उठान र तिनको समाधानका उपायका साथै दलका सदस्य र पार्टीले निर्वाह गर्नुपर्ने भूमिकाका सम्बन्धमा मन्तव्य व्यक्त गरिरहनुभएको छ ।