२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar इतिहासको ब्याज खाएर होइन, कर्म बदलेर नयाँ इतिहास रच्छौँः काँग्रेस सभापति थापा News Polar एमाले स्थायी कमिटीद्वारा १० प्रतिशत मनोनयन टुङ्गो, सैद्धान्तिक तथा वैचारिक कार्यदिशाबारे चर्चा News Polar महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन्ः एमाले सचिव बस्नेत News Polar एमालेभित्र विवादको चर्चा प्रायोजित, नेतृत्व तहमा कुनै मतभेद छैनः छविलाल विश्वकर्मा News Polar सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ News Polar महासचिव पोखरेलसँग मनमुटावको हल्ला निराधारः एमाले अध्यक्ष ओली News Polar भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र News Polar अष्ट्रेलियाका बोसिस्टो काठमाण्डु गोर्खाजबाट एनपिएल खेल्दै News Polar एमाले महासचिव शंकर पोखरेलको आरोप–‘सरकार उल्टो बाटोमा हिड्यो’ News Polar विद्युत निर्यातमा मात्रै भर पर्न हुन्न, आन्तरिक खपतमा जोड दिनुपर्छः पूर्वसचिव घिमिरे News Polar मौसम सुधार भएपछि धौलागिरि आरोहण पुनःसुरु News Polar लेदो पन्छाएपछि बिपी राजमार्ग पुनः सञ्चालन News Polar नेपाल टेलिकमको दसैँ, तिहार अफरः मोबाइलमा सहुलियत दरका प्याकेज News Polar बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने News Polar १५औँ महाधिवेशनबाट निर्वाचित भएपछि गगनले भने- नागरिकको विश्वास जित्ने गरी कांग्रेस बदल्छौँ News Polar पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध News Polar मानसिक स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन आयोगको आग्रह News Polar विपद् जोखिमलाई बेवास्ता गरेर आयोजना निर्माण गर्न हुँदैनः विपद् विज्ञ केसी News Polar नारायणीको बाढीले चौर बगर बनाउँदा पनि ‘सी बिच’ तटबन्ध सुरक्षित News Polar परराष्ट्रमन्त्री स्वदेश फिर्ता

खुलेका पर्यटकीय स्थल पर्यटकको पर्खाइमा (फोटो फिचर)

खुलेका पर्यटकीय स्थल पर्यटकको पर्खाइमा (फोटो फिचर)
पोखराको लेखनाथस्थित बेगनास तालबाट शुक्रबार बिहान देखिएको सूर्योदयको दृश्य ।
अ अ+ अ-

काठमाडौं । वायु प्रदूषणका कारण केही दिनअघिसम्म धुम्म बनेका पर्यटकीय क्षेत्र अहिले खुलेका छन् । हिमालदेखि तराईसम्मकै पर्यटकीय स्थल अहिले मनमोहक देखिन्छन् ।

सरकारले वार्षिक १८ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । यसका लागि पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्नुपर्ने हुन्छ । अहिले पर्यटकीय गन्तव्यहरुका राम्रोसँग प्रचार हुन सकेको छैन ।

त्यसो त पछिल्ला दिनमा आन्तरिक पर्यटकहरुको चहलपहल बढेको छ । यसले पर्यटकीय गतिविधिमा भने केही सहज बनाएको छ ।

नेपालका कयौं पर्यटकीय स्थलहरु छन् । नेपालका जस्ता पर्यटकीय स्थल विश्वका अन्य ठाउँमा सायदै पाइन्छन् । राससले खिचेका केही पर्यटकीय स्थलका तस्बिर तपाईंका लागि ।

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका ५ स्थित थामेगाउँ । गत वर्ष साउनमा हिमताल फुटेर आएको बाढीले क्षतिग्रस्त थामेका संरचनाहरु पुनर्निर्माणका कार्य जारी छ ।मुस्ताङको जोमसोम विमानस्थलबाट पोखरातर्फ उड्दै गरेको जहाज र पृष्ठभूमिमा निलगिरि हिमाल।

हिमाली जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिका–५ भ्राकास्थित अन्नपूर्ण हिमशृङखलाको पृष्ठभूमिमा चामे–खाङसार सडकखण्ड । सडक निर्माणसँगै स्थानीय तथा पर्यटकलाई आवतजावतमा सहज भएको छ ।

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकामा अवस्थित तेन्जिङ –हिलारी विमानस्थल ‘लुक्ला’ । सगरमाथा आरोहण तथा खुम्बुक्षेत्र भ्रमणका लागि ‘लुक्ला’ व्यस्त विमानस्थलको रुपमा रहेको पाइन्छ ।

मुस्ताङको थासाङ गाउँपालिका–५ स्थित टिटि ताल र आसपासका दृश्य । पर्याप्त प्रचारप्रसारको कमीले गर्दा टिटि तालमा सोचेजस्तो पर्यटक पुग्न सकेको छैन । स्थानीय निकाय, जिल्लास्थित सरोकारवाला निकाय र गाउँलेहरुले प्रचारप्रसारका लागि आवश्यक पहल गरेमा आन्तरिक तथा बाह्य पर्यटक यहाँसम्म पुग्न सक्नेछन्।

सुनसरीको इनरुवा नगरपालिका-९ स्थित किसानको खेतमा आहाराको खोजीमा रहेका बकुल्लाका बथान ।